४ वैशाख २०८३, शुक्रबार

छिट्टै कर्जा सूचना केन्द्र स्थापना हुन्छः अध्यक्ष कँडेल

२०७६ फागुन १५, बिहिबार
छिट्टै कर्जा सूचना केन्द्र स्थापना हुन्छः अध्यक्ष कँडेल

काठमाडौं, १५ फागुन

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले छिट्टै सहकारी कर्जा सुचना केन्द्र स्थापना हुने बताउनुभएको छ ।

महासंघले यसका लागि विभिन्न चरणमा छलफल चलाएको बताउँदै कँडेलले यसपछि कर्जा लिएर नतिर्ने सदस्यको नाम कालो सुचीमा राख्ने व्यवस्था समेत हुने बताउनुभयो ।

महासंघले आयोजना गरेको कर्जा जोखिम न्युनिकरण तालिमको मिति २०७६ फागुन १३ गते समापन गर्दै अध्यक्ष कँडेलले वित्तिय कारोबार गर्ने सहकारीले ऋण जोखिम विश्लेषण गर्नुपर्ने बताउनुभयो । दुई दिने सो तालिमको समापन समारोहमा सिए हरिकुमार सिलवालले सहकारीमा आन्तरिक लेखा परिक्षणको महत्वका विषयमा जानकारी गराउँदै संस्थालाई सुशासनमा संचालन गर्न अनिवार्य रहेको बताउनुभयो । सो तालिममा १४ जिल्लाका ३८ जनाको सहभागिता रहेको थियो ।

तालिममा सहभागी गोविन्द्र कँडेलले ऋण जोखिमको व्यवस्था गर्नका लागि तालिम उपयोगी भएको बताउँनुभयो । सहभागी शर्मिला हेलम्बुले सिकेको कुरालाई व्यवहारमा लागु गर्न सकेको खण्डमा संस्थामा जोखिम व्यवस्थापन हुने बताउनुभयो ।

अभिलेख

लोकप्रिय