चन्द्रागिरि साकोसले पायो एशियाली ऋण महासंघको सदस्यता
काठमाडौं, १५ फागुन
थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले एशियाली ऋण महासंघ (अक्कु)को सहयोगी सदस्यता लिएको छ ।
एशियाली ऋण महासंघको आयोजनामा फाल्गुण ११ गते देखि १६ गतेसम्म आयोजना गरेको TOT Training on Credit Union Label of Excellence in Governance तालिमका बीचमा चन्द्रागिरि साकोसले उक्त सदस्यता प्राप्त गरेको हो ।
अक्कुका प्रमुख कार्यकारी अधिकृत Elinita V. Sanroque ले चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई सदस्यता प्रमाण पत्र तथा एशियाली ऋण महासंघको झण्डा हस्तातन्तरण गरी सदस्यता प्रदानको घोषणा गर्नुभयो ।

सहयोगी सदस्यता लिए पश्चात एशियाली ऋण महासंघले एशियामा सञ्चालन गरिरहेको बचत तथा ऋण सहकारी विकास कार्यक्रममा चन्द्रागिरि साकोसको सहयोग र सहभागिता रहनेछ ।
चन्द्रागिरि साकोस शहरी क्षेत्रमा सञ्चालित भएर पनि समुदायमा आधारित रही पूर्ण रुपमा सदस्य केन्द्रित भई शुसासनको परिधिभित्र सञ्चालन भईरहेकोले उक्त सदस्यता दिन सकिएको कुरा महासंघकी प्रमुख कार्यकारी अधिकृत लेनीले प्रकाश पार्नु भएको थियो।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय सहकारी संघमार्फत ३ दशकदेखि र विगत केही वर्षदेखि राष्ट्रिय सहकारी बैंकमार्फत समेत विभिन्न प्रविधिहरु हस्तान्तरण गर्दै खासगरी बचत तथा ऋण सहकारी अभियानलाई शुसासित, व्यवसायीक र सुरक्षित बनाउनको लागि एशियाली ऋण महासंघले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्डिंग कार्यक्रम सोही संघको प्राविधिक सहयोगमा नेफ्स्कुनमार्फत हाल नेपालमा सञ्चालन भईरहेको छ ।
यस अघि संस्थागत विकास परियोयाजना, संस्था व्यवसायीकरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार