४ वैशाख २०८३, शुक्रबार

नयाँ प्रबिधि प्रयोगमा स्वर्णलक्ष्मी साकोस

२०७६ फागुन १४, बुधबार
नयाँ प्रबिधि प्रयोगमा स्वर्णलक्ष्मी साकोस

चितवन, १४ फागुन

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मोबाईल बैकिङ्ग सेवा सुरु गरेको छ । आफ्ना शेयर सदस्यको आर्थिक कारोबारलाई थप सुदृढ गर्दै प्रविधि मैत्री सेवा प्रदान गर्ने उद्देश्यले मोबाईल बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।

सहकारी संस्थाहरुमा विश्वासको वातावरण अपेक्षित बढ्न नसकिरहेको बेला मोबाईल बैकिङ्गले सहकारीमा नयाँ आयाम थपेको संस्थाका अध्यक्ष कृष्णकुमार तामाङ्गले बताउनु भयो ।

स्वर्णलक्ष्मीले क्युआर भुक्तानी प्रणाली पनि सञ्चालनमा ल्याएको छ । काठमाडौंको हाम्रो टेक्नोलोजी प्रा.लि.सँगको सहकार्यमा क्युआर भुक्तानी र मोबाईल बैकिङ्ग सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्षले जानकारी दिनुभयो ।

कार्यक्रममा नयाँ प्रविधि तथा मोवाइल बैंकिंग परिचय, यसको प्रयोगको तरिका, सुरक्षाको बारेमा हाम्रो टेक्नोलोजीका फाउनडर तथा प्रमुख व्यवसाय अधिकृत संजय महासेठले प्रस्तुतिकरण गर्नुभएको थियो ।

मोबाईल बैकिङ्ग सेवा प्रयोग गर्ने स्वर्णलक्ष्मीका ग्राहकले मोवाइलबाटै आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्स्फर गर्न, व्यालेन्स चेक गर्न, फोन, नेट, टिभि, रिचार्ज गर्न, विजुलीको बील भुक्तानी गर्न, हवाई टिकट, ओयो होटल बुक गर्न, फास्ट क्यास लगायतका सेवाहरु पाउनेछन् ।

निकट भविष्यमा ५२ वटा विभिन्न वर्गका बैंकहरुमा पनि पैसा ट्रान्स्फर गर्न सकिने सेवा उपलब्ध गराउने स्वर्णलक्ष्मीको योजना रहेको छ ।

अभिलेख

लोकप्रिय