‘सहकारीमा कालो धन छ भन्ने सुनिन्छ। तर कहाँ र कुन संस्थामा छ भनेर भन्दैन’ : अध्यक्ष कंडेल
काठमाडौं, ४ फागुन
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी कानुन परिपालनाका लागि महासंघले आवस्यक भुमिका निर्वाह गरिरहेको बताउनु भएको छ ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आईतबार काठमाडौंमा आयोजना गरेको ‘सहकारीमा सम्पत्ती शुद्धीकरण निवारण’ विषयक छलफल कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष कंडेलले सम्पत्ती शुद्धीकरण निवारणमा केही सहकारी संचालकहरु सचेत भएको बताउनु भयो ।
कसैले नजानेर र कसैले हेलचक्र्याइ गरेर समस्या देखिएको कंडेलको भनाई थियो । ‘हामीले उनीहरुलाई सजक गराएका छौं’, उहाँले भन्नुभयो, ‘केही संस्थाले गरेको बदमासीका कारण समग्र सहकारी क्षेत्र नै शंकाको घेरामा परेको छ। सहकारीमा कालो धन छ भन्ने बाहिर सुनिन्छ। तर कहाँ र कुन संस्थामा छ भनेर नियामकले भन्दैन। हामिलाई अनावश्यक आक्षेप नलगाइयोस्। यहि कारण समग्र सहकारी क्षेत्र नै वदनाम हुने अवस्था आएको छ ।
यो पनि पढ्नुहोस्
सहकारीमा कर छली, मानव बेचविखन, बैकिङ ठगीको रकम : महानिर्देशक भट्टराई
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विवेकशील विवेक !
२२ श्रावण २०८३, शुक्रबार
२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
१९ श्रावण २०८३, मंगलवार
जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव
१९ श्रावण २०८३, मंगलवार