थपियो ५ नयाँ सहकारी सहकारी, समाजसेवा साकोस सञ्चालनमा
तनहुँ, २ फागुन
तनहुँको आँबुखैरेनी गाउँपालिकामा नयाँ सहकारी संस्था थपिने क्रम बढेको छ । शुक्रबार (फागुन २) गते बाट आँबुखैरेनी बजारमा समाजसेवा बचत तथा ऋण सहकारी संस्था संञ्चालनमा आएको हो ।
यो सँगै चालु आर्थिक वर्ष २०७६/०७७ मा मात्र ५ वटा नयाँ सहकारी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले सहकारी ऐन २०७४ बमोजिम नयाँ सहकारी दर्ता सुरु गरेपछि ६ वटा सहकारी संस्था दर्ता गरिसकेको छ । सोही क्रममा पछिल्लो पटक समाजसेवा बचत तथा ऋण सहकारी संस्था दर्ता भै आजबाट सञ्चालनमा आएको हो ।

सहकारीमा १ सय ४३ जना भुतपूर्व लाहुरेहरुको १ करोड ४३ लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारीका अध्यक्ष काजी कुमार गुरुङले जानकारी दिनुभयो ।
सहकारीको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले रिबन काटेर उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै भुतपूर्व लाहुरेहरुले सामाजिक सेवा भावले विगतदेखि नै आँबुखैरेनीमा धेरै सामाजिक कामहरु गरि आएको स्मरण गर्दै सहकारी सञ्चालनबाट पनि थप सामाजिक कामहरु गर्न सफल होस् भनि अध्यक्ष थापाले शुभकामना व्यक्त गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार