सहकारीकर्मी मधुसुधन पाठकले गरे रंगशाला निर्माणका लागि सहयोग घोषणा
सहकारीकर्मी तथा कलाकार मधुसुधन पाठक ‘सीते बा’ले रंगशाला निर्माणका लागि सहयोगको घोषणा गरेका छन् ।
अमेरिकाविरुद्ध नेपालले शानदार जीत हासिल गरेपछि सहकारीकर्मी मधुसुधन पाठकले रंगशाला निर्माणका लागि सहयोगको घोषणा गरेका हुन् ।
नेपालको जीतको खुशियालीमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि ५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।
जेष्ठ बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी सञ्चालक रहेका पाठक ‘सक्किगोनी’ हाँस्यटेलिसिरियलका कलाकार हुन् ।
उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ‘आजको खेलमा हाम्रो शान हाम्रो नेपाली क्रिकेट टीमुले अमेरिकालाई ३५ रन मै अलआउट गरेर विश्व कीर्तिमान राख्न सफल भएको खुशियालीमा रु ५००० गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई सहयोग गर्ने घोषणा गर्दछु । यो ऐतिहासिक जीतको लागि नेपाली टीमलाई बधाई ।’

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकूको नीति, कार्यक्रम र बजेटमाथि सुझाव संकलन
१८ श्रावण २०८३, सोमबार
श्रमिकदेखि सफल सहकारी सीईओसम्म: के.बी. लामाको संघर्ष, नेतृत्व र सफलताको यात्रा
१८ श्रावण २०८३, सोमबार
दिपक तिमिल्सिना बने बागमती प्रदेशकै उत्कृष्ट साकोस व्यवस्थापक
१४ श्रावण २०८३, बिहीबार