जेष्ट आइडियोलोजी १० औं वार्षिक उत्सवमा ‘१० सामाजिक कार्य’
१० औं बार्षिक उत्सवको अवसरमा जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले १० वटा सामाजिक कार्य गरेको छ ।
पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ “पर्यटन प्रवद्र्धन र विकासका लागि सहाकारी’ भन्ने नाराका साथ संस्थाले विविध कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । संस्थाले शनिबार मैतिदवबी आसापासमा बृक्षारोपण गरि खिचापोखरी न्युरोडसम्म पदयात्रा समेत आयोजना गरेको थियो ।
वार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका संघ संस्था तथा व्यक्तीत्वहरुलाई सहयोग तथा सम्मान गरेको संस्थाका प्रमुख कार्यकारी संचालक हेमबहादुर कार्कीले जानकारी दिए । त्यसैगरी संस्थामा निरन्तर पाँच वर्ष सेवा गरिसकेका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । 
१० औं बार्षिक उत्सवका १० कार्यहरु
१) संस्थाको सेवा केन्द्र मैतीदेवी परिसरमा वृक्षारोपण
२) पर्यटन प्रवद्र्धनको लागि सद्भाव र्याली (मैतीदेवीदेखि न्यूरोडसम्म)
३) मैतीदेवी, सेतोपुल स्थित निमार्णाधिन प्रहरी विटको लागि आर्थिक सहयोग
४) एकिकृत सृजनशिल समाज नेपाल, मनमैजुद्वारा पिडित र असहाय बालबालिकाहरुको लागि बसोबास गरेको बालगृहलाई १ महिनाको घरभाडा सहयोग
५) नव जीवन परोपकार समाजका वृद्धवृद्धालाई खाद्यान्न सहयोग
६) बालबालीकालाई झोला वितरण
७) लिखु गाउँपालिका–६ र ७ को लागि ४ वटा स्ट्रेचर वितरण
८) पुस्तकालयलाई फर्निचर सहयोग
९) आगलागीबाट घाइते भएका मालारानी–५ का राजन थापालाई उपचार गर्न सहयोग
१०) सफल एचआईभि शिक्षा सदन किर्तीपुरलाई आर्थिक सहयोग
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार