सहकारीकर्मी मधुसुधन पाठकले गरे रंगशाला निर्माणका लागि सहयोग घोषणा
सहकारीकर्मी तथा कलाकार मधुसुधन पाठक ‘सीते बा’ले रंगशाला निर्माणका लागि सहयोगको घोषणा गरेका छन् ।
अमेरिकाविरुद्ध नेपालले शानदार जीत हासिल गरेपछि सहकारीकर्मी मधुसुधन पाठकले रंगशाला निर्माणका लागि सहयोगको घोषणा गरेका हुन् ।
नेपालको जीतको खुशियालीमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि ५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।
जेष्ठ बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी सञ्चालक रहेका पाठक ‘सक्किगोनी’ हाँस्यटेलिसिरियलका कलाकार हुन् ।
उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ‘आजको खेलमा हाम्रो शान हाम्रो नेपाली क्रिकेट टीमुले अमेरिकालाई ३५ रन मै अलआउट गरेर विश्व कीर्तिमान राख्न सफल भएको खुशियालीमा रु ५००० गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई सहयोग गर्ने घोषणा गर्दछु । यो ऐतिहासिक जीतको लागि नेपाली टीमलाई बधाई ।’

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार