क्रियाशील लालीगुराँस बहुउद्देश्यीय सहकारीले चलायो बस
बागलुङ (गलकोट) २२ माघ ।

बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीमा क्रियाशील लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बस सेवा सञ्चालनमा ल्याएको छ ।
सहकारी ऐन २०७४ को व्यवस्थाअनुसार बस सेवा शुरु गरिएको सो सहकारीले जनाएको छ । संस्थाको शेयर सदस्यलाई लक्षित गरी ३२ सिट क्षमताको बस सेवा सञ्चालन ल्याइएको संस्थाका अध्यक्ष कृष्ण छन्त्यालले जानकारी दिए ।
‘बहुउद्देश्यीय सहकारीले नयाँ कार्यको थालनी गरेका हौं’, उनले भने, ‘सदस्यले अन्यत्रका जिप तथा बसमा खर्च गर्ने रकम संस्थाले प्रदान गर्ने बस सेवा लिँदा दुवैलाई फाइदा हुने छ ।’
बागलुङ बजारदेखि बिहुँसुल्डाँडा हुँदै लेखानीसम्म सेवा प्रदान गर्न थालेको छ । सो स्थानसम्म सदस्यलाई ११० र अन्य यात्रुलाई १४० भाडा लिइने सहकारीका अध्यक्ष छन्त्यालले जानकारी दिए । लालीगुराँस बहुउदेश्यीय सहकारीमा एघार सय शेयर सदस्य र एक करोड ५८ लाख शेयरपूँजी रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार