क्रियाशील लालीगुराँस बहुउद्देश्यीय सहकारीले चलायो बस
बागलुङ (गलकोट) २२ माघ ।

बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीमा क्रियाशील लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बस सेवा सञ्चालनमा ल्याएको छ ।
सहकारी ऐन २०७४ को व्यवस्थाअनुसार बस सेवा शुरु गरिएको सो सहकारीले जनाएको छ । संस्थाको शेयर सदस्यलाई लक्षित गरी ३२ सिट क्षमताको बस सेवा सञ्चालन ल्याइएको संस्थाका अध्यक्ष कृष्ण छन्त्यालले जानकारी दिए ।
‘बहुउद्देश्यीय सहकारीले नयाँ कार्यको थालनी गरेका हौं’, उनले भने, ‘सदस्यले अन्यत्रका जिप तथा बसमा खर्च गर्ने रकम संस्थाले प्रदान गर्ने बस सेवा लिँदा दुवैलाई फाइदा हुने छ ।’
बागलुङ बजारदेखि बिहुँसुल्डाँडा हुँदै लेखानीसम्म सेवा प्रदान गर्न थालेको छ । सो स्थानसम्म सदस्यलाई ११० र अन्य यात्रुलाई १४० भाडा लिइने सहकारीका अध्यक्ष छन्त्यालले जानकारी दिए । लालीगुराँस बहुउदेश्यीय सहकारीमा एघार सय शेयर सदस्य र एक करोड ५८ लाख शेयरपूँजी रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार