बुडोल सामुदायिकमा चाँदनी र जनमैत्री गाभिए
काभ्रे, १९ माघ

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २१ औ बार्षिकोत्सव समारोह तथा सहकारी एकिकरण घोषणा सभा सम्पन्न भएको छ । १९ हजार शेयर सदस्यमार्फत १ अर्ब १५ करोड पुँजी कारोबार गरेको संस्थाले २१ औ बार्षिकोत्सव समारोह तथा सहकारी एकिकरण घोषणा सभा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।
सभामा चाँदनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जनमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकिकरण भएका छन् । यस अघि टुकुचा नालामा रहेको टुुकुचा जागरण सहकारी एकिकरण भएको थियो ।
सहकारीले सदस्यहरुका लागि उपचारमा सहजता प्रदान गर्ने उदेश्यले बनेपा हेल्थ केयरसँग साझेदारी शुरु गरेको छ । उपचारका विभिन्न सेवामा २० प्रतिशत र औषधी खरिदमा १० प्रतिशत छुट उपलब्ध गराईएको बनेपा हेल्थ केयरका जिन्तेन्द्र थापाले जानकारी दिए । बुडोल सामुदायिक र बनेपा हेल्थ केयरसँग सम्झौता गरी सदस्यहरुलाई सेवा प्रदान गरिरहेको बुडोल सामुदायिक साकोसका बरिष्ठ कार्यकारी अधिकृत विवेकराज ठकुरीले बताए ।
संस्थाले २२ औ कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न गरेको छ । संस्थाले २०७६ साउन १ गते देखि पुष मसान्तसम्म १ सय २० जना सुत्केरीलाई ११ दिन भित्रै घरमा पुगी १ हजार आमालाई प्रदान गर्दै बच्चालाई निशुल्क सदस्यता र खुत्रुके प्रदान गरेको छ । २२ जनाले २५ हजार रुपैयाका दरले ६ महिनामा सदस्यता राहत रकम प्राप्त गरेका छन् ।
सुत्केरी उपचार खर्च २५ जनाले ५ हजारका दरले प्राप्त गरेका छन् । सदस्य हितकोष मार्फत गम्भिर र जटिल प्रकारका रोगहरु लागेर उपचार गराउनु पर्ने ७ जनालाई २० हजारका दरले सहयोग उपलब्ध गराएको छ । नवदुलही भेटघाट कार्यक्रम मार्फत ९ जनाले सदस्यता प्राप्त गरेका छन् । उनिहरुलाई १० कित्ता शेयर हस्तान्तरण गरिएको छ ।
एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान, रणनीतिक योजना तर्जुमा कार्यशाला, दुर्घटना बीमा रकम हस्तान्तरण, खुशी विज्ञान कार्यक्रम, २४ औ रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, वित्तिय साक्षरता तथा सम्पर्क ब्यक्ति अभिमुखिकरण, हस्ताक्षर प्रमाणीकरण तथा जाली नोट पहिचान सम्वन्धी तालिम, ऋण अधिकृतहरुको क्षमता अभिबृद्धी, प्रशिक्षक प्रशिक्षण, आधारभुत लेखा ब्यवस्थापन सम्वन्धी विभिन्न कार्यक्रम संस्थाले गरेको अध्यक्ष रामहरी केसीले जानकारी दिए ।
संस्थाको पौष मसान्तसम्म ११ करोड २ लाख १४ हजार १ सय शेयर पुँजी, ८४ करोड ४७ लाख ८५ हजार ९ सय ९ सय ८१ निक्षेप समेत गरी साधारण जगेडा कोष, अन्य कोषहरु समेत गरी १ अर्ब १४ करोड ५६ लाख ५९ हजार ४ सय १३ रुपैयाको कुल पुँजी तथा दायित्व रहेको बरिष्ठ कार्यकारी अधिकृत विबेकराज ठकुरीले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, पुर्व अध्यक्ष केशव वडाल, राष्ट्रिय सहकारी बैकका अध्यक्ष केवी उप्रेती, नेफ्सनकुनका कोषाध्यक्ष दिपक पनेरु, नेफ्सकुनका बाग्मती प्रदेश अध्यक्ष उद्धव सापकोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठ, जिल्लामा रहेका विभिन्न सहकारीका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकूको नीति, कार्यक्रम र बजेटमाथि सुझाव संकलन
१८ श्रावण २०८३, सोमबार
श्रमिकदेखि सफल सहकारी सीईओसम्म: के.बी. लामाको संघर्ष, नेतृत्व र सफलताको यात्रा
१८ श्रावण २०८३, सोमबार
दिपक तिमिल्सिना बने बागमती प्रदेशकै उत्कृष्ट साकोस व्यवस्थापक
१४ श्रावण २०८३, बिहीबार