किसान साकोसले रच्यो इतिहास, हालसम्म २४ वटा सहकारी एकिकरण !
गैंडाकोट, १९ माघ
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देवचुली नगरपालिकामा अवस्थित कीर्तिपुर साकोस र देवज्योति कृषि सहकारी संस्था संग एकीकरण गरि नयाँ इतिहास रचेको छ ।
गैंडाकोटमा मुख्य कार्याल रहेको किसान साकोसले हालसम्म २४ वटा सहकारी संस्थासंग एकीकरण गरी सबैभन्दा बढी सहकारी एकीकरण गरी इतिहास रचेको हो । किसान साकोसको १४ औं सेवाकेन्द्र शुभारम्भ कार्यक्रमको अवसरमा तीन सहकारी संस्था बीच एकीकरण भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले रिवन काटेर किसान साकोसको १४ औं सेवाकेन्द्र देवचुली नगरपालिका वडा. नं. ९ स्थित देवज्योति सेवाकेन्द्रको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले किसान साकोस देवचुली नगरपालिकाको मात्र नभएर नेपालकै एक सर्वोत्कृष्ट संस्थाको रूपमा रहेको बताउदै अबको दिनहरूमा सेवाग्राहीहरूलाई थप सेवासुविधा र नयाँ खालका कार्यक्रमहरू तय गरी गुणस्तरीय वित्तीय सेवा दिन सफलताका शुभकामना व्यक्त गरे ।
किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले संस्थाको सम्पत्ति करिब २ अर्ब र ५३ हजार सदस्यहरू रहेको बताउँदै संस्थाले नवलपुरदेखि चितवन र तनहुँ जिल्लासम्म सेवा प्रवाह गरिरहेको जानकारी दिए।
२०५२ सालमा स्थापना भएको उक्त संस्थाले २०५८ सालदेखि हालसम्म २४ वटा संस्थाहरूसंग एकीकरण गरी गुणस्तरीय एकीकृत सेवा प्रदान गर्दै आइरहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार