३ वैशाख २०८३, बिहिबार

नेफ्स्कूनका अध्यक्षको ‘खल्ती’मा कृषि संघ

२०७६ माघ १४, मङ्गलबार
नेफ्स्कूनका अध्यक्षको ‘खल्ती’मा कृषि संघ

कृषि संघमा सकृय नदेखिएकी पन्तलाई प्रतिनिधि बनाउननकै लागि पौड्यालले चलखेल गरेका थिए । कृषि संघको कुनै पनि पदमा नबसे पनि नक्कली कागजात बनाई प्रतिनिधि बनाई पठाएको आरोप लागेको थियो ।

जिल्ला संघमा रहदा सहकारी तालिमको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

काठमाडौं, १४ माघ ।

जिल्ला कृषि सहकारी संघ काठमाडौंलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले राजनीति गर्ने भाँडोको रुपमा दुरुपयोग गर्दै पाइएको छ ।

विगत लामो समयदेखि निष्कृय रहेको संघमा पौड्यालले आफु अनुकुलका अध्यक्ष र सञ्चालक समिति बनाएर राजनीतिका लागि मात्र प्रयोग गर्दै आएका छन् । पौड्याल बचत तथा ऋण सहकारीको अभियानबाट हालै नेफ्स्कूनको अध्यक्ष बनेका हुन् ।

हालै सम्पन्न राष्ट्रिय सहकारी महासंघको साधारणसभामा प्रतिनिधि विवादले कृषि संघमार्फत पौड्यालले गर्दै आएको राजनीति सतहमा आएको छ । संघले महासंघको प्रतिनिधिको रुपमा इन्दिरा पन्तलाई पठाएको थियो । कृषि संघमा सकृय नदेखिएकी पन्तलाई प्रतिनिधि बनाउननकै लागि पौड्यालले चलखेल गरेका थिए । कृषि संघको कुनै पनि पदमा नबसे पनि नक्कली कागजात बनाई प्रतिनिधि बनाई पठाएको आरोप लागेको थियो । पन्त विरुद्ध महासंघको निर्वाचन समितिमा उजुरी परेपछि कागजपत्र मिलाई निर्वाचनमा भाग लिएकी थिईन् ।

पन्तले जिल्ला कृषि सहकारी संघ काठमाडौंको २०७२ सालमा सन्चालक भएको नक्कली प्रमाणपत्र पेश गरेकी थिइन् । जिल्ला कृषि सहकारी संघको स्थापना २०६६ सालमा परितोष पौडेलको अध्यक्षता गठन भएको थियो । त्यसपछिका कुनैपनि साधारणसभाले पन्तलाई सन्चालक चुनेको छैन ।

पौड्यालले हाल संघको अध्यक्षमा आफु निकट सानुराजा पुरीलाई अध्यक्ष बनाई अनुकुल निर्णय गराउँदै आएका छन् । संघको संस्थापक अध्यक्ष रहेको पौड्याल हाल सञ्चालक सदस्य रहेका छन् । पौड्याल जिल्ला सहकारी संघ काठमाडौंमा सकृय रहँदा राजनीतिका लागि कृषि संघ स्थापना गरेका थिए । जिल्ला संघमा रहदा सहकारी तालिमको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

काठमाडौंमा कृषि सहकारी संस्थाको दर्ता न्युन रहेको छ । स्थापना भएका संस्थाहरुले पनि खासै काम गरेका छैनन् । यसैगरी कृषिको नाममा स्थापना भएका संस्था पनि बचत तथा ऋणको कारोबारमा केन्द्रित रहने गरेका छन् ।

जिल्लाका कृषि सहकारीहरुको छाता संगठन संघले समेत कुनै गतिविधि गरेको पाइएको छैन । संघले कार्यालय समेत स्थापना नगरी पौड्यालले आफ्नै घरमा राखेका छन् । केही निर्णय गराउन परे अध्यक्ष र सञ्चालकलाई घरमै बोलाएर गर्ने गरेका छन् । अध्यक्ष र सञ्चालकहरु आफू निकटका भएका कारण पौड्यालले जे भन्यो त्यही चल्छ ।

संघ आर्थिक रुपमा मजबुद नभएका कारण आफ्नै घरका राखिएको पौड्यालले बताए ।

संघ लामो समयदेखि निष्कृय रहेपनि नियामक निकायले कारबाही गरेको छैन । सहकारी ऐनमा २ वर्षभन्दा बढी निष्कृय रहेका सहकारी संघ/संस्थालाई खारेजी गर्ने व्यवस्था छ । बागमती प्रदेश सरकार अन्र्तगत रहेको यस संघले विगत लामो समयदेखि कुनै पनि डकुमेन्ट बुझाएको छैन ।

साधारणसभा हरेक वर्ष गर्नु पर्ने र त्यसको विवरण नियामक निकायमा पठाउनु व्यवस्था भए पनि कुनै पनि विवरण बुझाएको छैन । संघका अध्यक्ष सानुराजा पुरीका अनुसार नियामक निकायमा बुझाउनु पर्ने डकुमेन्ट बुझाउने जिम्मा सचिवको भएको बताए । सचिवले सो सम्बन्धी काम गरिरहेको बताए ।

सचिव दुर्गा कार्कीले पनि नियामक निकायमा बुझाउनु पर्ने विवरण नबुझाएको स्विकारीन् । विवरण बुझाउन र परितोष सरको घरबाट संघको कागजपत्र निकालेर कार्यालय स्थापना गर्न आफू लागिरहेकी बताईन ।

अभिलेख

लोकप्रिय