३ वैशाख २०८३, बिहिबार

आविस्कार केन्द्र र धुर्मुस सुन्तली फाउण्डेसनलाई मेगा ड्रिम सहकारीको आर्थिक सहयोग

२०७६ माघ १२, आईतवार
आविस्कार केन्द्र र धुर्मुस सुन्तली फाउण्डेसनलाई मेगा  ड्रिम सहकारीको आर्थिक सहयोग

काठमाडौं, १२ माघ ।

बालाजु माछापोखरीमा रहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारीले १० औं स्थापना दिवसको अवसरमा राष्ट्रिय आविश्कार केन्द्र र धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ ।

संस्थाको दशौं स्थापना दिवसमा आयोजित कार्यक्रममा दुईवटै संस्थालाई ५५ हजार ५ सय ५५ रुपैंयाका दरले सहयोग गरेको हो ।

संस्थाले राष्ट्रिय आविश्कार केन्द्रका संस्थापक विजेता महावीर पुनलाई र धुर्मुस सुन्तली फाउण्डेसनका सचिव पुरुषोत्तम हुमागाईलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले चेक हस्तान्तरण गरका थिए ।

कार्यक्रममा सहकारी क्षेत्रमा योगदान गरेकोमा केशवबहादुर थापा लगाएत विभिन्न व्यक्तिहरु साथै सप्ताहव्यापी रुपमा संस्थाले संचालन गरेका कार्यक्रममा उत्कृष्ठ हुनेहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । साताव्यापी कार्यक्रम अन्तर्गत संस्थाका सेवाकेन्द्रहरुको संयोजनमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रत्तदानमा एक सय जनाले रक्तदान गरेको संस्थाका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीले जानकारी दिए । यसका साथै संस्थाले अन्तर सेवाकेन्द्र फूटसल प्रतियोगिता संचालन गरेको प्रबन्ध सञ्चालक रेग्मीले जानकारी दिए ।

संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमल्सिना, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ्ग लगायत अतिथिहरुले शुभकामना दिएका थिए ।

अभिलेख

लोकप्रिय