ललितपुर साकोस समिटको मिति तय, नाम दर्ता गर्न अनुरोध
२०७६ माघ १०, शुक्रबार
ललितपुर, १० माघ

चौथो ललितपुर साकोस समिटको मिति तय भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा हुने समिट ललितपुर जिल्लाकै गोदावरीमा हुने भएको छ ।
ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा फागुन २३, २४ र २५ गते हुने संघले जनाएको छ ।
बचत तथा ऋण सहकारी संस्थालाई दिगो बनाउन नीति, विधि र प्रविधिको अधिकतम प्रयोग गर्नुको साथै संस्थागत विकासका लागि समिट आयोजना गरिएको संघका अध्यक्ष रामहरी बजगाईले जानकारी दिए ।
साकोस समिटमा सहभागिताका लागि नाम दर्ता समेत खुला गरेको छ । समयमै नाम दर्ता गराएर सहभागिता जनाउन सम्पूर्ण सहकारीलाई संघले अनुरोध गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार