सहकारी विभागले पहिलोपटक गर्यो पाँच सहकारीको दर्ता खारेज
काठमाडौं, ९ माघ ।

सहकारी विभागले पाँच वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । खारेज हुने सहकारी संस्थाहरुमा काठमाडौं महानगरपालिकाका–१२ मा रहेको तपोभूमि कृषि सहकारी संस्था, वडा नं. ३१ मा रहेको हरित कृषि सहकारी संस्था रहेका छन् ।
त्यस्तै भारतीय पूर्वसैनिक कल्याणकारी कृषि सहकारी संस्था, नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था र समृद्ध कृषि सहकारी संस्थाको दर्ता खारेज गरेको सहकारी विभागले जनाएको छ ।
दर्ता खारेज हुने संस्थाहरूले गलत कृयाकलाप गरेको, सम्पत्ति शुद्धीकरणको प्रयास लगायतका कार्य गरेको पाइएकाले इजाजत खारेज गरिएको विभागको भनाई छ ।
विभागले सहकारी ऐन–२०७४ ले दिएको अधिकार प्रयोग गर्दै विभागले पहिलो पटक सहकारीको दर्ता खारेज गरेको हो ।
यसअघि तत्कालीन सहकारी डिभिजन कार्यालयहरूले सहकारी संस्था खारेज गर्ने गरेका थिए । हाल सहकारी डिभिजन खारेज भएर नियमनको अधिकार स्थानीय तहमा गएको छ । अहिले स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाको नियमनको अधिकार स्थानीय तहले नै पाएका छन् ।
तर सहकारी ऐनको दफा ८८ मा सहकारी संस्थाका बहुमत सदस्यले विगठनका लागि निवेदन दिएमा विभागले खारेज गर्न सक्ने व्यवस्था गरेको छ ।
त्यति मात्र नभई विभागका रजिस्ट्रार वा रजिस्ट्रारबाट अधिकार प्राप्त व्यक्तिले समेत सहकारी सिद्धान्तअनुसार काम गरेको नपाइए खारेज गर्न सक्ने ऐनको उपदफा (३) मा व्यवस्था छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार