नेपालको सहकारी अभियानका प्रमुख ऐतिहासिक घटनाहरु
२०१० : योजना विकासका लागि कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना ।
२०१३ : नेपाल सरकारद्धारा कार्यकारिणी आदेश मार्फत सहकारी संस्था गठनको प्रारम्भ भई सर्वप्रथम चितवन जिल्लामा बखान ऋण सहकारी समितिको गठन ।
२०१६ : सहकारी संस्था ऐन, २०१६ जारी ।
२०१८ : सहकारी संस्था नियम, २०१८ जारी ।
२०१९ : सहकारी प्रशिक्षण केन्द्रको स्थापना ।
- सहकारी बैंक ऐन, २०१९ जारी ।
२०२४ : सहकारी बैंक कृषि विकास बैंकमा परिणत ।
२०२७ : सहकारी संस्था ऐन, २०१६ मा दोस्रो संशोधन ।
२०२८ : सहकारी संस्था नियमहरु, २०१८ मा प्रथम संसोधन ।
२०३३ : सहकारी संस्था नियमहरु, २०१८ मा दोस्रो संसोधन ।
- अनिवार्य बचत साझा संस्थाको शेयरमा परिणत ।
२०३४ : साझा संस्था प्रशासन तथा आर्थिक नियम, २०३४ को व्यवस्था ।
२०४१ : साझा संस्था ऐन, २०४१ जारी ।
२०४३ : साझा संस्था नियमहरु, २०४३ जारी ।
२०४५ : अनिवार्य बचत रकम बचतकर्तालाई फिर्ता गर्ने घोषणा ।
२०४७ : सहकारी महासंघ परामर्श समिति गठन ।
२०४८ : साझा केन्द्रीय कार्यालय विघटन ।
- राष्ट्रिय सहकारी विकास बोर्ड तदर्थ रुपमा गठन
२०४९
सहकारी ऐन, २०४८ जारी
राष्ट्रिय सहकारी विकास बोर्ड ऐन,२०४९जारी ।
सहकारी नियमावली २०४९ जारी ।
२०५० : राष्ट्रिय सहकारी संघ गठन ।
२०५४ : राष्ट्रिय सहकारी संघलाई अन्तर्राष्ट्रिय सहकारी महासंघको सदस्यता प्राप्त ।
२०५७ : कृषि मन्त्रालयमा सहकारी समेत थप गरी कृषि तथा सहकारी मन्त्रालय भएको ।
- सहकारी ऐन, २०४८ को दफा २६ मा प्रथम संशोधन भई सहकारी बैंक स्थापना गर्न सक्ने प्रावधान राखिएको ।
२०५८
- एशिया तथा प्रशान्त क्षेत्रका सहकारी सहकारी मन्त्रीहरुको छैटौं सम्मेलन काठमान्डौमा सम्पन्न ।
२०६० : राष्ट्रिय सहकारी बैंक स्थापना ।
- कृषि सहकारीको विकासका लागि सञ्जाल (NEDAC)को सातौं साधारण सभा काठमाण्डौंमा सम्पन्न ।
२०६३ : नेपालको अन्तरिम संविधान २०६३ मा सरकारी, सहकारी र निजी क्षेत्रलाई आर्थिक विकासको आधार स्तम्भको रुपमा अवलम्वन ।
– सहकारी सुवर्ण महोत्सव वर्ष २०६३ सम्पन्न ।
२०६९ : सहकारी तथा गरिबी निवारण मन्त्रालयको स्थापना ।
- राष्ट्रिय सहकारी नीति २०६९ जारी २०७० राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न ।
२०७२ : नेपालको संविधानमा सार्वजनिक,निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने व्यवस्था ।
२०७३ : कृषि सहकारीको विकास सञ्जाल (NEDAC) को साधारण सभा एवं गोष्ठी काठमाडौंमा सम्पन्न ।
२०७४ : नेपालको सहकारी क्षेत्रको दीर्घकालिन योजना २०७४/०७५–२०९३/०९४ को मस्यौदा बोर्डबाट तयारी गरी नेपाल सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालयमा पेश गरेको ।
२०७४ : सहकारी ऐन २०७४ जारी ।
२०७४ : दोश्रो सहकारी महासम्मेलन
२०७५ : सहकारी नियमावली २०७५ जारी
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार