विषयगत सहकारीले वित्तीय कारोबार गर्न पाउने, ३० प्रतिशत लगानी अन्य क्षेत्रमा अनिवार्य

काठमाडौं, ८ माघ
सहकारी ऐन–२०७४ ले विषयगत संस्थाहरुलाई वित्तीय कारोबार गर्न लगाईएको ‘क्यापिङ’ हट्ने भएको छ । वित्तीय कारोबार गर्न लगाईएको ‘क्यापिङ’ हटाउन राष्ट्रिय सहकारी महासंघले नियामक निकायमा लविङ गरिरहेको छ ।
महासंघका अनुसार ३० प्रतिशत लगानी बचत तथा ऋण बाहेकका क्षेत्रमा गर्ने गरी ऐन संशोधनको लागि पहल भएको छ । विषयग सहकारीको लगानी अधिकांश बचत तथा ऋण क्षेत्रमा भएको र अहिलेको ऐनले विषयगत सहकारी अन्यायमा परेको सहकारीकर्मीको ठहर छ ।
ऐनले ‘मुख्य कारोबार’ भन्नाले संस्था र संघले संचालन गरेको व्यवसायिक क्रियाकलापहरुमा पछिल्लो आर्थिक वर्षसम्ममा परिचालित बचतको दायित्व र पछिल्लो आर्थिक वर्षको सदस्यतर्फको खरिद वा बिक्री कारोबारमा कम्तीमा ३० प्रतिशतभन्दा बढी हिस्सा भएको कारोबार सम्झनु पर्छ भनी उल्लेख गरिएको छ ।
ऐनको दफा ५० को उपदफा २ मा ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्था बाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्न पाउने छैन,’ भनी उल्लेख गरिएको छ । त्यस्तै ऐन लागु हुनुभन्दा अघि बहुउद्देश्यीय वा विषयगत संस्थाको रुपमा दर्ता भई मुख्य कारोबारको रुपमा बचत तथा ऋणको कारोबार गर्दै आएको भए ती संस्थाले तीन वर्षभित्र बचत तथा ऋणको मुख्य कारोबार नहुने गरी दर्ता हुँदाका बखतमा उल्लेख गरिएको मुख्य कारोबार गर्नेगरी संस्थाहरुले संस्थाहरुले मुख्य कारोबार गर्न सक्नेछन भनी ऐनमा व्यवस्था गरिएको छ ।
सहकारी महासंघले यस्तो व्यवस्था हटाउन लविङ गर्दै आएको छ । महासंघका अध्यक्ष मिनराज कंडेलका अनुसार विषयगत सहकारीले ३० प्रतिशत लगानी बचत तथा ऋण बाहेकको क्षेत्रमा गर्नुपर्ने बताए ।
‘बहुउद्देश्यीय वा विषयगत सहकारीले वित्तीय कारोबार गर्न पाउनु पर्ने गरी ऐन संशोधनको लागि पहल गरिरहेका छौं’, उनले भने, ‘३० प्रतिशतभन्दा बढी लगानी बचत तथा ऋण बाहेकको क्षेत्रमा लगानी गर्ने व्यवस्था कायम होस् भन्ने लविङ महासंघको छ ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार