ब्याजदरमा सहकारीको प्रतिस्पर्धा वाणिज्य बैंकसँग, सहकारी सरह पुग्यो ब्याजदर
काठमाडौं, २९ पुष ।
ग्लोबल आइएमई बैंक र एनसीसी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर झण्डै सहकारीको हाराहारिमा पुगेको छ ।

ग्लोबल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा अनुसार निक्षेपतर्फ व्यक्तिगतमा ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याजदर तोकिएको छ । बैंकले बचततर्फ अधिकतम ६ र न्यूनतम ०.७५ प्रतिशत छ । असोज मसान्तसम्म बैंकको आधार दर ९.४४ प्रतिशत छ ।
ग्लोबल बैंकबाट ऋण लिँदा १५.४४ प्रतिशत ब्याज लाग्ने छ भने स्टक ब्रोकर्स फाइनान्सिङ, मोटरेज लोन, शैक्षिक धितोकर्जा, हायर पर्चेज लोन लिँदा १५.४४ प्रतिशत ब्याज लाग्ने छ । त्यस्तै होमलोन १४.४४, अटो लोन १४.४४ प्रतिशत ब्याज लाग्ने छ ।
यस्तै एनसीसी बैंकले सार्वजनिक गरेको पनि नयाँ ब्याजदर अनुसार निक्षेपतर्फ व्यक्तिगतमा ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत छ । बैंकले बचततर्फ अधिकतम ६.५० र न्यूनतम ३ प्रतिशत छ । बैंकले हाल १४ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकको असोज मसान्तसम्मको आधार दर १०.७७ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा अधिकतम १६.७७ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट सेयर धितोकर्जा, पर्सनल लोन, होम लोन, शैक्षिक धितोकर्जा लिँदा १६.७७ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट सवारी साधान खरिदका लागि ऋण लिँदा १४.७७ प्रतिशत ब्याज लाग्ने छ ।
वाणिज्य बैंकले कर्जामा लिने ब्याजदर सहकारी संस्थाकै हाराहारिमा पुगेको छ । सहकारी संस्थाले बढीमा १६ प्रतिशत ब्याजदर लिदै आएको छ । सहकारीले १६ प्रतिशतभन्दा बढी लिन पाउँदैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार