तपाई हाम्रो सहकारीको अध्यक्षमा पुनः मनोजकुमार थापा
काठमाडौं, २७ पुष ।

चन्द्रागिरी नगरपालिका–१४ नयाँ नैकपाक स्थित तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः मनोजकुमार थापा मगर निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न संस्थाको १२ औं वार्षिक साधारणसभाले मनोजकुमार थापा मगरको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा गंगाराम दुलाल निर्वाचित भएका छन् । यस अघि पनि दुलाल उपाध्यक्ष थिए । त्यस्तै सचिवमा पुनः बुद्ध तण्डुकार निर्वाचित भएका छन् । कोषाध्यक्षमा मन्नु खनाल खत्री चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रजत कुमार श्रेष्ठ, रोशनी तण्डुकार, प्रेमबहादुर महर्जन, माधवप्रसाद लम्साल र संजय चन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा रामप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यहरुमा प्रतिक न्यौपाने र कस्तुरी भुजेल चयन भएका छन् ।
नवनिर्वाचित सञ्चालक समिति र लेखा समितिलाई शनिबारनै शपथ ग्रहण गराईएको थियो ।
यो पनि पढ्नुहोस्
तपाई हाम्राे सहकारीकाे १२ औं साधारणसभा सम्पन्न, सदस्यलाई १५ प्रतिशत लाभांश दिने

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार