५ वैशाख २०८३, शनिवार

तपाई हाम्राे सहकारीकाे १२ औं साधारणसभा सम्पन्न, सदस्यलाई १५ प्रतिशत लाभांश दिने

२०७६ पुष २६, शनिवार
तपाई हाम्राे सहकारीकाे १२ औं  साधारणसभा सम्पन्न, सदस्यलाई १५ प्रतिशत लाभांश दिने

काठमाडौं, २६ पुष ।

चन्द्रागिरि-१४ नैकापमा केन्द्रिय कार्यालय रहेकाे तपाई हाम्राे बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडकाे १२ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

साधारणसभामा समक्ष सञ्चालक समितिले प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन, लेखा समितिकाे प्रतिवेदन लगायत विभिन्न प्रस्ताव पारित गरेकाे छ । सञ्चालक समितिले अार्थिक वर्ष २०७५/०७६ काे नाफाबाट सदस्यलाई १५ प्रतिशत लाभांश बाढ्ने राखेकाे प्रस्ताव साधारणासभाले पारित गरेकाे छ । संस्थाले गत अार्थिक वर्षमा पनि १५ प्रतिशत लाभांश सदस्यलाई प्रदान गरेकाे थियाे ।

अार्थिक वर्ष २०७५/०७६ काे अन्त्यसम्मा संस्थाकाे सदस्य ४ हजार ८ सय ११ रहेकाे छ । साेही अवधि सम्ममा संस्थाकाे चुक्ता पुँजी ५ कराेड १४ हजार रहेकाे संस्थाका अध्यक्ष मनाेजकुमार थापा मगरले साधारणा सभामा जानकारी गराए । त्यस्तै ४१ कराेड ४१ लाख निक्षेप संकल गरी ४२ कराेड ७१ लाख रूपैयाँ कर्जा प्रवाह गरेकाे अध्यक्ष थापा मगरले जानकारी दिए ।

संस्थाले अार्थिक वर्ष २०७५/०७६ मा ८६ लाख ३२ हजार रूपैयाँ सञ्चालन मुनाफा अार्जन गरेकाे छ । यस अविधसम्म अाईपुग्दा संस्थाकाे सम्पत्ति ५१ कराेड ६७ लाख ८५ हजार पुगेकाे अध्यक्षले बताए ।

संस्थाले केन्द्रियक कार्यालयकाे साथै कलंकी सेवा केन्द्रबाट समेत सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै अाएकाे छ ।

यस सहकारीले चन्द्रागिरि नगरपालिका १३ पुरानाे नैकापमा कृषि फार्म समेत संचालन गर्दै अाएकाे छ । संस्थाले गत २०७६ असार २० गतेबाट लघुवित्त कार्यक्रम समेत सञ्चाल गर्दै अाएकाे छ ।

साधारणसभामा राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयाेजक धर्मदत्त देवकाेटा, प्रतिनिधि सभा सांसद देवेन्द्र पाैडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक पार्वती थापा लगायत अतिथिहरूकाे उपस्थिति रहेकाे थियाे ।

अभिलेख

लोकप्रिय