राष्ट्रिय सहकारी महासंघ निर्वाचनः उम्मेदवारी फिर्ता गराउन राजनीतिक दलको दबाब
काठमाडौं, २५ पुष ।

राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका सहकारीकर्मीलाई उम्मेदवारी फिर्ता गराउन राजनीतिक दलको दबाब परेको छ । सोही कारण कार्यतालिका समेत परिवर्तन गरिएको छ ।
प्रमुख राजनीतिक दल नेकपा र नेपाली कांग्रेसको साझा उम्मेदवारलाई टक्कर दिन स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएपछि निर्वाचन कार्यतालिका परिवर्तन गरिएको हो ।
दुई पार्टीबीच मिलेर अघि बढ्दा स्वतन्त्र उम्मेदवार निर्वाचित हुने डर राजनीतिक दलमा परेको छ । सोही कारण उम्मेदवारी फिर्ता गराउन दबाब राजनीतिक दलले दिदै आएको छ । स्रोतका अनुसार उम्मेदवारी फिर्ता नलिए राजनीतिक दलको सदस्यता खारेज गरिनुका साथै कारबाही समेत गर्ने चेतावनी स्वतन्त्र उम्मेदवारलाई परेको छ ।
स्रोतका अनुसार दुई पार्टीबीच पद भागवण्डा गरेपछि अरु उम्मेदवारी पर्ने अपेक्षा गरिएको थिएन । तर नेकपा र नेपाली कांग्रेस निकट सहकारीकर्मीहरुले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि यस्तो अवस्था आएको हो । पार्टीको टिकट नपाएका सहकारीकर्मीहरु बलियो उम्मेदवारको रुपमा रहेका छन् ।
सोही कारण उम्मेदवारले नाम फिर्ता दिने समय १ बजेसम्मको लागि सारिएको छ । हिजोको तालिका अनुसार उम्मेदवारले नाम फिर्ता लिने समय आज ९ बजेसम्मलाई तोकिएको थियो ।
उपाध्यक्ष पदकालागि नेपाली काग्रेसका तर्फबाट डिल्लीराम तिवारीले टिकट पाए पनि राष्ट्रिय सहकारी विकास वोर्डका सहअध्यक्ष दक्ष पौडेल सुवाषले पनि उम्मेदवार दिएका छन् ।
उपाध्यक्षका अर्का दावेदार राष्ट्रिय सहकारी बैकका निवर्तमान अध्यक्ष रमेश पोखरेल रहेका छन् ।
पार्टीको भागवण्डामा नेकपाको भागमा परेको उक्त पद पूर्व माओवादीका धर्मदत्त देवकोले पाएपछि सोही पार्टीका रविन्द्र केसीले नपाए पछि उनले बागी उम्मेदवारी दिएका हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार