राष्ट्रिय सहकारी महासंघ निर्वाचनः उम्मेदवारी फिर्ता गराउन राजनीतिक दलको दबाब
काठमाडौं, २५ पुष ।

राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका सहकारीकर्मीलाई उम्मेदवारी फिर्ता गराउन राजनीतिक दलको दबाब परेको छ । सोही कारण कार्यतालिका समेत परिवर्तन गरिएको छ ।
प्रमुख राजनीतिक दल नेकपा र नेपाली कांग्रेसको साझा उम्मेदवारलाई टक्कर दिन स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएपछि निर्वाचन कार्यतालिका परिवर्तन गरिएको हो ।
दुई पार्टीबीच मिलेर अघि बढ्दा स्वतन्त्र उम्मेदवार निर्वाचित हुने डर राजनीतिक दलमा परेको छ । सोही कारण उम्मेदवारी फिर्ता गराउन दबाब राजनीतिक दलले दिदै आएको छ । स्रोतका अनुसार उम्मेदवारी फिर्ता नलिए राजनीतिक दलको सदस्यता खारेज गरिनुका साथै कारबाही समेत गर्ने चेतावनी स्वतन्त्र उम्मेदवारलाई परेको छ ।
स्रोतका अनुसार दुई पार्टीबीच पद भागवण्डा गरेपछि अरु उम्मेदवारी पर्ने अपेक्षा गरिएको थिएन । तर नेकपा र नेपाली कांग्रेस निकट सहकारीकर्मीहरुले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि यस्तो अवस्था आएको हो । पार्टीको टिकट नपाएका सहकारीकर्मीहरु बलियो उम्मेदवारको रुपमा रहेका छन् ।
सोही कारण उम्मेदवारले नाम फिर्ता दिने समय १ बजेसम्मको लागि सारिएको छ । हिजोको तालिका अनुसार उम्मेदवारले नाम फिर्ता लिने समय आज ९ बजेसम्मलाई तोकिएको थियो ।
उपाध्यक्ष पदकालागि नेपाली काग्रेसका तर्फबाट डिल्लीराम तिवारीले टिकट पाए पनि राष्ट्रिय सहकारी विकास वोर्डका सहअध्यक्ष दक्ष पौडेल सुवाषले पनि उम्मेदवार दिएका छन् ।
उपाध्यक्षका अर्का दावेदार राष्ट्रिय सहकारी बैकका निवर्तमान अध्यक्ष रमेश पोखरेल रहेका छन् ।
पार्टीको भागवण्डामा नेकपाको भागमा परेको उक्त पद पूर्व माओवादीका धर्मदत्त देवकोले पाएपछि सोही पार्टीका रविन्द्र केसीले नपाए पछि उनले बागी उम्मेदवारी दिएका हुन् ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार