इफको भ्रमणमा नेपाली पत्रकार, संसारभर लोकप्रिय बन्दै इफको
नयाँ दिल्ली, २२ पुष ।
नेपालबाट भारत भ्रमणमा रहेको पत्रकारको टोलीले इन्डियन फारमर्स फर्टिलाइजर कोआपरेटिभ लिमिटेडको अवलोकन भ्रमण गरेका छन् ।
नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको नेतृत्वमा आएको १० सदस्यीय भ्रमण टोलीलाई इफकोले भव्य स्वागत गरेको थियो । सो अवसरमा भारतीय सहकारी संघका निर्देशक रमेश कौलले इफ्कोको आएका टोलीको बारेमा जानकारी गराएका थिए ।
सन् १९७५ देखि इफकोले मल तथा विभिन्न बिउविजन उत्पादन गर्दै आइरहेको थियो । सन् १९७५ मा ०.४० मेट्रिक टन मल उत्पादन सुरु गरेको इफकोले ५० वर्षको अवधिमा ८.१५ मिलियन मेटिक टन मल उत्पादन गर्न सफल भएको सहकारी विकास तथा प्रविधि विभागका निर्देशक जिके गौतमले बताए । इफको भारतमा सबैभन्दा बढी मल तथा बिउविजन उत्पादन गर्ने संस्था हो । इफको ६० मिलियन अमेरिकन डलर पुँजीबाट सुरुवात गरिएको थियो । सन् २०१९ सम्म आईपुग्दा संस्थाको पुँजी ४ हजार २६ मिलियन अमेरिकन डलर पुगेको छ ।
संस्थाले विश्वका धेरै मुलुकमा मल तथा अन्य कृषि बिउबिजन बेचबिखन गर्दै आईरहेको छ । संस्थाले बिमा, एग्रोकेमिकल्स, मोबाईल सेवा, इबजार लगायतको काम गर्दै आईरहेको छ । ५७ जना सदस्यबाट सुरु भएको इफकोमा हाल ३६ हजार सदस्य पुगेको छ । इफकोका ८ सय वितरण केन्द्रबाट विभिन्न सामग्री बिक्रिवितरण गरिन्छ । इफकोले सफलता हात पार्नुमा सदस्यको सक्रिय सहभागिता, उच्च व्यवस्थापन र दूरदर्शी नेतृत्व रहेको संस्थाका संयुक्त महाप्रबन्धक तरुण भार्गवले बताए ।
इफकोले उत्पादन गरेको युरिया, डिएपी र पोटास लगायतका मल तथा बिउविजन नेपालमा पनि उपयोग हुँदै आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार