विकू बचतको अध्यक्षमा ओमप्रसाद सापकोटा, सदस्य उन्मुख कार्यक्रम अघि बढाउने प्रतिवद्धता
गैंडाकोट, २० पुष ।

विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा ओमप्रसाद सापकोटा चयन भएका छन् ।
संस्थाको ३०औं साधारणसभा तथा १०औं अधिवेशनबाट अध्यक्षमा सापकोटा चयन भएका हुन् । नवनिर्वाचित अध्यक्ष सापकोटाले विकूलाई निति, विधि र प्रविधिको सहायतामा सदस्य उन्मुख कार्यक्रम अघि बढाउने योजनाका साथ अघि बढ्ने बताए ।

विकू सञ्चालक समितिको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा प्रेमप्रसाद सापकोटा (राजु), कोषाध्यक्षमा कालिदास गौडेल, सहसचिवमा माया कंडेल, यस्तै सदस्यहरुमा इन्द्रराजज्योती पौडेल, पुष्पराज बराल, संगिता अधिकारी, सविना महतो, खडगबहादुर कमाल, नन्दकिशोर आचार्य, प्रतिभा अर्याल सुबेदी, गोविन्द कंडेल, लक्ष्मण पौडेल र निर्मला अधिकारी चयन भएका छन् ।
यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा कमल सुवेदी, सदस्यहरुमा दिलमाया श्रेष्ठ र देवेन्द्र राना चयन हुनुभएको निर्वाचन समितिका संयोजक खेमराज सापकोटाले जानकारी दिए । शनिबार नै नयाँ सञ्चालक समितिले शपथ ग्रहण गरेका छन् ।

सोही कार्यक्रमका बीच पद हस्तान्तरण कार्यक्रम पनि सम्पन्न भएको छ । सोही कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष केशवप्रसाद सापकोटाले ३ बर्षे कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिँदै विकूको वेस्ट एण्ड बिगेष्टको अवधारणमा अगाडी बढ्न सके र जगेडा कोषमा आधारित संस्था बनाउन सके विकुको भबिष्य अझै उज्वल हुने बताए । शनिबार नै ३०औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रस्तावहरुको निर्णय पुस्तिका प्रमाणित कार्यक्रम सम्पन्न भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार