सहकारी महासंघको अध्यक्ष मिनराज कि धर्मदत्त ? कसको सम्भावना कति ?
काठमाडौं, १५ पुस ।
सहकारी संघ/संस्थाको छाता निकाय राष्ट्रिय सहकारी महासंघ, नेपालको निर्वाचन सहितको साधारणसभा पुस २४ र २५ गते काठमाडौंमा हुँदैछ । निर्वाचन सहितको साधारणसभा भएको हुँदा अबको नेतृत्वको बहसले सहकारी बजार तातिएको छ ।
सहकारीका नेताहरु मात्र नभई राजनीतिक दलहरुमा समेत बहस सुरु भैसकेको छ ।सहकारीकर्मीहरु आफ्नो पक्षमा राजनीतिक दलमा तिब्र लविङ र आफ्नो पक्षमा माहोल बनाउने क्रम चलिरहेको छ ।
महासंघको नेतृत्व हत्याउनका लागि सहकारीका नेताहरु राजनीतिक पार्टीको ढोका ढोका चहारी रहेका छन् ।
महासंघमा भावी अध्यक्षको प्रमुख दाबेदारका रुपमा वरिष्ठ उपाध्यक्ष मिनराज कंडेल र लेखा समिति संयोजक दर्मदत्त देवकोटा रहेका छन् । त्यस्तै उपाध्यक्ष ओमदेवी मल्ल पनि अध्यक्षको आकांक्षिको रुपमा देखिएकी छिन् । कंडेल र देवकोटा प्रमुख आकांक्षि भएका हुँदा उनीहरु आफ्नो आफ्नो ढंगले तिब्र लविङमा छन् । दुबै जना नेकपा सर्मथित हुन् । कंडेल पूर्व एमाले हुन् भने देवकोटा पूर्व एमाओवादी । दुबै नेता एउटै पार्टीका भएको हुँदा जुनसुकै व्यक्तिले बाजी मार्न सक्नेछ ।

कसको सम्भावना कति ?
कंडेल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छ भने देवकोटा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचन्ड)का दाहिने हात मानिन्छन् । कार्यकारी अध्यक्षका नजिकका व्यक्ति भएका कारण पार्टीबाट देवकोटाले टिकट ल्याउने सम्भावना बढी छ । कंडेललाई माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छ । सहकारी अभियानमा लामो समयदेखि सक्रिय रहेको र सहकारी बुझेको व्यक्ति भएका कारण उनले निकट पाउने सम्भावना पनि बढी छ । पार्टीको सहकारी विभाग प्रमुख प्रधानमन्त्रीका सल्लाहकार हुनुले पनि पूर्व एमालेबाटै अध्यक्षको टिकट पाउने सम्भावना बढी छ ।
लेखा समिति संयोजक देवकोटालाई वरिष्ठ उपाध्यक्ष बनाउने शर्तमा कंडेललाई नै पार्टीले टिकट दिने सम्भावनाको पनि चर्चा सुनिने गरिएको छ । कंडेललाई वर्तमान अध्यक्ष केशव वडाललको पूर्ण साथ रहेको छ । त्यस्तै देवकोटालाई सहकारी बैंकका अध्यष केवी उप्रेतीको साथ छ । सहकारी अभियानको धेरैजसो साथ कंडेललाई छ भने केही मात्रामा देवकोटालाई । यता कांग्रेस निकट सहकारीकर्मीको साथ कंडेललाई छ । त्यस्तै उपाध्यक्ष ओमदेवी पनि नेकपा निकट नै हुन् । उनी पनि पार्टीमा लविङ गरिहेका छन् । तर केही वर्ष अघि मात्र कांग्रेसबाट नेकपा गएका कारण टिकट पाउने सम्भावना कम छ ।
नेपालको सहकारी अभियानलाई कसरी अगाडी बढाउने, सहकारीका ऐन, नीति नियमहरु बनाउँदा कसरी सहकारीमैत्री बनाउने ?, सहकारीमा देखिएका समग्र समस्या र गुनासो सम्बन्धीत निकायसँग बसेर कसरी समाधान गर्ने भन्ने विषयमा आफ्नो स्पष्ट भिजन राख्न सक्ने क्षमता भएको अध्यक्ष निर्वाचित गर्नुपर्ने महासंघको मुख्य दायित्व छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार