५ वैशाख २०८३, शनिवार

नेफ्स्कूनद्वारा उत्कृष्ट सदस्य संघ/संस्था पुरस्कृत (उत्कृष्ठ संघ/संस्थाको नामावली)

२०७६ पुष ४, शुक्रबार
नेफ्स्कूनद्वारा उत्कृष्ट सदस्य संघ/संस्था पुरस्कृत (उत्कृष्ठ संघ/संस्थाको नामावली)

काठमाडौं, ४ पुस ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आ.व. २०७५/०७६ मा उत्कृष्ट कार्य गरेवापत विभिन्न विधामा उत्कृष्ट संघ/संस्था एवम् व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेफ्स्कूनले श्रावण ३२ गते सम्पन्न ३२ औं स्थापना दिवसको अवसरमा घोषणा गरेको थियो ।

संघले गत वर्षको संस्थापक अध्यक्ष पुरस्कार रुपन्देहीस्थित जनउत्थान साकोसका अध्यक्ष ज्ञानु पौडेल र काभ्रे जिल्ला बचत संघका अध्यक्ष रामहरी केसीलाई प्रदान गरेको छ ।

नेफ्स्कून सर्वोत्कृष्ट साकोसमा ललितपुरस्थित कल्याणकारी साकोस सम्मानित भएको छ ।

महिलाद्वारा सञ्चालित सर्वोत्कृष्ट साकोसमा सक्रिय महिला साकोस मकवानपुरलाई पुरस्कृत गरिएको छ ।

नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोसहरुमा प्रदेश १ बाट सुन्दरपुर साकोस–मोरङ, प्रदेश २ बाट नन्देश्वर महिला साकोस–सर्लाही, प्रदेश ३ बाट नवजागरण साकोस–मन्थली, गण्डकी प्रदेशबाट पोखरा रोयल साकोस–पोखरा, प्रदेश ५ बाट सामूहिक विकास साकोस–रुपन्देही, कर्णाली प्रदेशबाट विरेन्द्रनगर साकोस सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट जिवनज्योति साकोस–बैतडी पुरस्कृत भएको छ ।

नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान अन्तर्गत महिलातर्फ संघको पूर्व लेखा सुपरिवेक्षण समिति सदस्य हुमा डी.सी र पुरुषतर्फ काठमाडौंका सुवर्ण कुमार कर्माचार्य सम्मानित भएका छन् ।

उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघमा बारा जिल्ला बचत संघ सर्वोत्कृष्ट संघ घोषित भएको छ । त्यसैगरी नेफ्स्कून विद्धता पुरस्कारमा सुर्खेतका लिलाधर तिवारी, पिएचडी, नेफ्स्कून राइफाईसन क्रेडिट युनियन पुरस्कारमा Centre for International Cooperation and Training In Agricultural Banking (CICTAB) , भारत पुरस्कृत भएको छ ।

नेफ्स्कून पत्रकारिता पुरस्कारतर्फ ललितपुरस्थित क्लासिक एफ.एम.का पत्रकार कृष्णचन्द्र बस्नेत पुरस्कृत भएका छन् ।

नेफ्स्कून उत्कृष्ट कर्मचारी पुरस्कारमा नेपालको साकोस अभियानको तर्फबाट उत्कृष्ट व्यवस्थापक रुपन्देहीस्थित कोलिय देवदह साकोसका व्यवस्थापक विनोद पराजुली र नेफ्स्कूनको उत्कृष्ट कर्मचारीतर्फ बरिष्ठ अन्तरलगानी सहायक मनोज कार्की पुरस्कृत भएका छन् ।

त्यसैगरी नेफ्स्कून प्रशंसा पुरस्कारतर्फ उत्कृष्ट नेकोस प्लस सफ्टवयर प्रयोगकर्तामा मोरङ–बेलबारीस्थित लालीगुराँस साकोस, उत्कृष्ट बचतकर्तामा लमजुङस्थित जनकल्याण साकोस, उत्कृष्ट शेयर खरिदकर्तामा काभ्रेपलाञ्चोकस्थित सामूदायिक साकोस र उत्कृष्ट लघुवित्तमा काभ्रेपलाञ्चोकस्थित ज्योति मिर्मिरे सकोस पुरस्कृत भएका छन् ।

अनुकरणीय उच्चस्तरको प्रविधि प्रयोग गर्ने साकोसमा नवलपरासीस्थित विकु साकोस पुरस्कृत घोषित भएको छ भने साकोस एकीकरण अभियानमा उत्कृष्ट हुने साकोसमा दोलखास्थित मिलिजुली साकोस उत्कृष्ट भएका छन् ।

अभिलेख

लोकप्रिय