५ वैशाख २०८३, शनिवार

नेफ्स्कून अध्यक्षमा परितोष पौड्याल, महासचिवमा दामोदर अधिकारी

२०७६ पुष ४, शुक्रबार
नेफ्स्कून अध्यक्षमा परितोष पौड्याल, महासचिवमा दामोदर अधिकारी

काठमाडौं, ४ पुस ।

परितोष पौड्याल

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को अध्यक्ष परितोष पौड्याल बन्ने पक्का भएको छ । नेकपा र नेपाली कांग्रेस निकट सहकारीकर्मीहरु परितोष पौड्याललाई अध्यक्ष बनाउन सहमत भएका छन् ।

नेफ्स्कूनको २८ औं साधारणसभा काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको छ । साधारणसभा सुरु हुनु पूर्वनै नेफ्स्कूनको नेतृत्वका लागि सहमत भएका हुन् । स्रोतका अनुसार नेकपा र नेपाली कांग्रेस बीच पद बाँडफाँड भएको छ ।

यदी निर्वाचन नै हुने अवस्था आएमा नेकपा र कांग्रेसको प्यानलबाट परितोप पौड्याल अध्यक्षको लागि चुनावी मैदानमा उत्रने छन् ।

नेपाली कांग्रेसलाई वरिष्ठ उपाध्यक्षसहित केही सञ्चालन बाँडफाँड भएको छ । स्रोतका अनुसार महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा दामोदर अधिकारी, कोषाध्क्षमा दीपक पनेरु र लेखा समिति संयोजकमा नवराज सापकोट बन्ने निश्चित भएको छ ।

दामोदर अधिकारी

अन्य सञ्चालक र लेखा समिति सदस्य तय हुन बाँकी छ । कांग्रेसको भागमा परेको वरिष्ठ उपाध्यक्ष कसलाई बनाउने भन्ने निर्णय भैसकेको छैन । वर्तमान महासचिव चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्ष बनाउने तयारी कांग्रेसको छ ।

अभिलेख

लोकप्रिय