यी हुन् सहकारी बैंकले सम्मान गरेको उत्कृष्ठ सहकारी र सहकारीकर्मी !
काठमाडौं, ४ पुस ।

राष्ट्रिय सहकारी बैंकले आफ्नो १६ औं वार्षिक साधारणसभामा उत्कृष्ट कारोबार गर्ने देशभरबाट छनोट भएका सहकारीहरु, सहकारी अभियन्ता, पत्रकार, कर्मचारी र उत्कृष्ट शाखालाई सम्मान तथा पुरस्कृत गरेको छ ।

साधारणसभामा प्रमुख अतिथि अर्थमन्त्री डा.युवराज खतिवडाले सम्मानित तथा पुरस्कृतहरुलाई सम्मान पत्रसहित सम्मान गरेका थिए ।
सम्मानित हुनेहरुमा राष्ट्रिय स्तरमा बचत तथा ऋणतर्फ उत्कृष्ट हुने सिवाइसी बचत तथा ऋण सहकारी संस्था बागलुङ, अन्य सहकारीतर्फ उत्कृष्ट हुने हंस मल्टिपप्रोज सहकारी संस्था भरतपुर, उत्कृष्ट संघहरुतर्फ जिल्ला सहकारी संघ चितवन र महिलाहरुद्वारा सञ्चालित सहकारी मध्ये तमोर महिला कृषि सहकारी संस्था ताप्लेजुङ रहेका छन् ।
त्यस्तै प्रदेश अन्तरगत बचत तथा ऋण र अन्यबाट पुरस्कृत हुने संस्थाहरुमा प्रदेश नं. १ बाट नमस्ते बचत तथा ऋण सहकारी झापा र शुभलक्ष्मी सहकारी झापा, प्रदेश नं. २ बाट नव विकास बचत तथा ऋण सहकारी संस्था रौतहट र साना किसान कृषि सहकारी संस्था बारा, प्रदेश नं. ३ बाट सुप्रिम बचत तथा ऋण सहकारी संस्था ललितपुर र जनएकता बहुउद्देश्यीय सहकारी संस्था काठमाडौं रहेका छन् ।
त्यस्तै गण्डकी प्रदेशबाट बिरुवा बचत तथा ऋण सहकारी संस्था पोखरा र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था पोखरा, प्रदेश नं.५ बाट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था बुटवल र भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था रुपन्देही, कर्णाली प्रदेशबाट महिला जागृती बचत तथा ऋण सहकारी संस्था सुर्खेत र हरियो हिरा कृषि तथा जडिबुटि सहकारी संस्था सुर्खेत तथा सुदुरपश्चिम प्रदेशबाट सुदुर नेपाल बचत तथा ऋण सहकारी संस्था र सुदुरपश्चिमाञ्चल बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।
त्यस्तै बैंकले पूर्व सञ्चालकहरु मध्येबाट मुकुन्द दाहाल, सहकारी बैंक विद्वता पुरस्कार डा.कृष्ण पौडेल, सहकारी बैंक पत्रकारिता पुरस्कार यादव हुमागाई, सहकारी अभियन्ता पुरस्कार दिपक प्रकाश बाँस्कोटालाई प्रदान गरेको छ ।
बैंकका ४४ शाखाहरु मध्ये उत्कृष्ट शाखाका रुपमा पोखरा शाखा, उत्कृष्ट कर्मचारीहरु तर्फ अधिकृत स्तरमा शान्ता गिरी, सहायक स्तरमा सुमित्रा क्षेत्री र सहयोगी स्तरमा विष्णुप्रसाद चौलागाईलाई पुरस्कृत गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार