५ वैशाख २०८३, शनिवार

नेफ्स्कूनमा सदस्य संस्था नविकरण नै भएन, समयावधी थपियो

२०७६ मंसिर २७, शुक्रबार
नेफ्स्कूनमा सदस्य संस्था नविकरण नै भएन, समयावधी थपियो

काठमाडौं, २७ मंसिर

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) ले संस्था नविकरण र प्रतिनिधि फारमका लागि समय थप गरेको छ ।

संघको २८औं बार्षिक साधारण सभामा संस्था नविकरण गर्ने र प्रतिनिधि पठाउने समयावधि मंसिर ३० गतेसम्मका लागि थप गरिएको जनाएको छ ।

संघमा संस्था नविकरण र प्रतिनिधि सदस्य संख्या प्रयाप्त नआईपुगेकाले समयावधी थप गरिएको नेफ्स्कूनले जनाएको छ ।


यसअघि संस्था नविकरण र प्रतिनिधि पठाउने म्याद मंसिर २५ गते सम्मलाई तोकिएको थियो ।

नेफ्स्कूनको चुनावी साधारणसभा पुस ४ र ५ गते काठमाडौंमा हुँदैछ ।

अभिलेख

लोकप्रिय