१५ वैशाख २०८२, सोमबार

‘बजारमा जे जस्तो हल्ला भए पनि डिबी सरले मलाई सहयोग गर्नुहुन्छ’

२०७६ मंसिर २६, बिहिबार
‘बजारमा जे जस्तो हल्ला भए पनि डिबी सरले मलाई सहयोग गर्नुहुन्छ’

सहकारी अभियानले हिजोका दिनमा पनि मलाई नेतृत्वमा देख्न चाहेको थियो । नेफ्स्कूनका वर्तमान अध्यक्ष डिबी बस्नेतसँग केही सहमती भयो । उहाँले भन्नु भएको थियो, ‘म तीन पटक उपाध्यक्ष भैसके । एक पटक महासचिव पनि भैसके । एक कार्यकाल अध्यक्षमा सहयोग गरिदिनुभयो भने अर्को कार्यकाल म तपाईंलाई सहयोग गर्छु ।’ त्यति बेला सहकारी अभियानका अगुवा व्यक्तिहरु सँग बसेर अर्को कार्यकालमा मलाई सहयोग गर्ने सैद्धान्तिक सहमती भयो । अहिले बजारमा जे जस्तो हल्ला चलेपनि अन्तिममा सोही सैद्धान्तिक सहमतीको आधारमा मलाई साथ र सहयोग गर्नुहुन्छ । नैतिक र भौतिक हिसाब मलाई सहयोग गर्नुहुन्छ ।

परितोष पौड्याल, वरिष्ठ उपाध्यक्ष, नेफ्स्कून

नेफ्स्कूनको निर्वाचन सहितको साधारणसभा हुँदैछ । अध्यक्षको उम्मेद्वार पनि हुनुहुन्छ । तयारी कस्तो छ ?

अघिल्लो साधारणसभाबाट तीन वर्षको लागि सञ्चालक समिति र लेखा समिति निर्वाचित भएको थियो । सहकारी ऐन–२०७४ अनुसार संघको विनियम संशोधन भई सञ्चाल समितिको अवधि चार वर्षको कायम भैसकेको छ । तर, विनियममा भएको व्यवस्थाभन्दा एक वर्ष अघि नै किन निर्वाचन तोकियो ? तपाईंलाई अध्यक्ष बन्न हतार भएर यस्तो निर्णय भयो भन्ने आरोप छ नी ?

हामी निर्वाचित भएको तीन वर्षको लागि हो । त्यतिबेला तीन वर्षको कार्यकाल थियो । आज बनाएको कानुनले हिजोलाई प्रभावित पार्न सकिन्न । हामी निर्वाचित भएर आईसकेपछि सहकारी ऐन आयो । ऐनले ४ वर्षको आवधिक निर्वाचनको कुरा गर्यो । हामी त्यसभन्दा पहिलानै निर्वाचित भएर आएका थियौं । हाम्रो सर्टिफिकेटमा तीन वर्ष लेखिएको छ । यस हिसाबले नैतिक प्रश्न उठ्ने भयो । सुशासनको प्रश्न पनि उठ्ने भयो । ३ वर्षको म्याण्डेट भएको हुँदा यही अनुसार नै हुन लागेको हो । यही हिसाबले सबैको सहमतीमा नै निर्वाचन सहितको साधारण सभा तय भएको हो ।

परितोषलाई अध्यक्ष बन्न हतार भएर राजनीतिक दलको दबाममा निर्वाचन सहितको साधारणसभा तय गर्न लगाईयो भन्ने आरोप छ नी ?

मलाई अध्यक्ष बन्न हतार भएको पक्कै होईन । डिबी सरले करिब २५ वर्ष नेफ्स्कूनमा बिताउनु भएको छ । म नेफ्स्कून प्रवेश गरेको १० वर्ष पुगिसक्यो । नयाँ पुस्ता नेतृत्व विकास गरेर बसेको छ । नयाँ पुस्तालाई व्यवस्थापन गर्न सकिएको छैन । नेतृत्व विकास र व्यवस्थापन गर्न सकिएन भने ठूलो समस्या सृजना हुन्छ । उनीहरु निरत्साहित हुन्छन् । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया शंकुचन गर्नु हुँदैन ।

एक कार्यकाल नेतृत्व दिईसकेपछि विचारको प्रतिनिधित्व गर्ने, संस्कृतिको प्रतिनिधित्व गर्ने अथवा नेफ्स्कून भित्रको कुशल अभ्यास नेतृत्व गर्ने कुरामा नयाँ पुस्ता विकास भैसकेको हुन्छ । नयाँ पुस्ताको स्थानको निम्ती पनि आवश्यक थियो । नेतृत्व हस्तान्तरण गर्ने विषय नियमित प्रक्रिया पनि हो । त्यो प्रक्रिया विषयमा हाम्रा कुराहरु व्यवस्थित हुनुपर्छ भन्ने हो ।

नेतृत्वका लागि तयार हुनुहुन्छ ?

नेतृत्वको विषयमा कुनै समस्या छैन । हिजो नै नेतृत्व लिन तयार थिएँ । वैचारिक पक्षको नेतृत्व, नैतिक पक्षको नेतृत्व, भौतिक, प्राविधिक लगायत सबै हिसाबले योग्यता राख्दछु । अन्तर्राष्ट्रिय रुपमा भएका सहकारी कुशल अभ्यासलाई नेपालमा बृहत रुपमा आन्तरिकिकरण गर्ने सन्दर्भमा म लागे । धेरै विषय स्थापित पनि बनाएँ । नीति, विधि र प्रविधि म आफैले निकालेको विषय हुन् । राज्यको नीति बनाउने सन्दर्भमा पनि मेरो भूमिका रह्यो । तीन खम्बे अर्थराजतीतिको विषयमा पहिलो पटक कार्यपत्र प्रस्तुत गर्ने व्यक्ति मै हुँ । इतिहासले पक्कै सम्झनेछ । संविधान, सहकारी अभियानमा मैले उठाएको एजेण्डा स्थापित भयो । ति एजेण्डालाई संस्थागत गर्ने र नेपालको समृद्धिको यात्रामा मेरो भूमिका हुनुपर्छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ राज्यले परिकल्पना गरेको छ । यसका लागि सहकारी अभियान माध्यम बन्नु पर्दछ । यो विषयमा हामी जागरुक छौं । अन्तर्राष्ट्रिय रुपमा भएका उच्चतम अभ्यासन कसरी नेपालमा आन्तरिकीकरण गर्ने ? सुसासको प्रवद्र्धन गरियो, लोकतान्त्रिकीकरणको कुरा उठायौं, अब वित्तीय समावेशिकरणको कुरा उठेको छ । दिगो वित्तीय विकासको कुरा उठेको छ । धन सृजना गर्ने विषय, नागरिकलाई समृद्ध बनाउनको लागि अत्मनिर्भरको विषय नयाँ आयामको रुपमा उठेको छ । यी विषयहरुलाई पूर्णता दिन वित्तीय शिक्षा, नैतिक शिक्षा, व्यवसायिक शिक्षा सहकारीताको माध्यमबाट दिनुपर्दछ । अहिलेको संरचना र गठबन्धनले नयाँ आयामलाई पक्रिन सक्दैन । त्यसले गर्दा सञ्जालिकरणको नयाँ आयाममा जानु पर्दछ ।

सहमतीको आधारमा नेतृत्व चयनको सम्भावना छ ?

पहिलो कुरा सहकारी भित्र सम्वाद र सहकार्य स्वभाविक ठानेका छौं । दलिय रुपमा पनि भागवण्डा नगर्ने तयारीमा जुटेका छौं । सहमती हुन सकेको अवस्थामा सहमतीबाटै निष्कर्षमा पुग्नेछौं । राजनीतिक सकृयता आवश्यक छैन । यदी सहमति हुन नसकेको अवस्थामा निर्वाचन अन्तिम विकल्प छदैछ ।

सम्पूर्ण प्रतिनिधिलाई के भन्न चाहनुहुन्छ ?

हामी एकताको सुत्रमा बाँधिनु पर्दछ । योग्यता, क्षमता र प्रतिस्पर्धाको आधारण नेतृत्व छनोट गर्नुपर्छ । विचार, मागर्दशन, सामथ्र्य, निष्ठा र अनुशासनको आधारमा पनि नेतृत्व छनोट गरिनु पर्दछ । छनोट गर्नको निम्ती सम्पूर्ण साथीहरुले विवेक पु¥याउनु हुनेनै छ । साथीहरुले नेतृत्वको विषयमा आंकलन पनि गर्नुभएको छ । व्यक्ती प्रधानभन्दा पनि नीति, विधि र प्रविधि प्रधान व्यक्तित्व आवश्य छ । वैचारिक नेतृत्व आवश्यक छ । प्राविधिक नेतृत्व आवश्यक छ । यो हेक्का राखेर मलाई साथ सहयोग पु¥याउनु हुनेछ भन्ने विश्वास छ ।

अभिलेख

लोकप्रिय