सहकारी महासंघको चुनावी साधारण सभा पुस २४ र २५ गते, निर्वाचन उप–समिति गठन
काठमाडौं, २३ मंसिर
नेपालका सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभा २०७६ पुस २४ र २५ गते हुने भएको छ । महासंघका अध्यक्ष केशब बडालको अध्यक्षतामा आइतवार बसेको वैठकले साधारणसभाको मिति तय गरेको हो ।

आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने वार्षिक साधारणमा महासंघमा आवद्ध ३ सय ३४ सदस्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ । महासंघमा राष्ट्रिय सहकारी बैंक, केन्द्रीय सहकारी संघहरु, जिल्ला सहकारी संघहरु र जिल्ला विषयगत सहकारी संघहरु सदस्य रहने व्यवस्था रहेको छ ।
महासंघका सदस्य संघहरुले वार्षिक नविकरण शुल्क, लेखा परीक्षण प्रतिवेदन, साधारणसभा वा सञ्चालक समितिले प्रतिनिधि चयन गरेको निर्णय सहित आगामी पुस १८ गतेभित्र नविकरण गर्ने समय तोकिएको छ । बैठकले निर्वाचन सम्पन्न गर्नका लागि उच्च अदालत बार एशोसियसन पाटनका अध्यक्ष अधिवक्ता रामचन्द्र सिम्खडाको संयोजकत्वमा सहकारीका विभागका प्रतिनिधि र महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सदस्य रहेको निर्वाचन उप–समिति गठन गरेको छ । महासंघको विनियम अनुसार महासंघको निर्वाचन निर्देशिका तयार गर्नका लागि महासंघका सञ्चालक बद्री लम्सालको संयोजकत्वमा सञ्चालकहरु चन्द्रप्रसाद ढकाल र शिव डांगी सदस्य रहेको निर्वाचन निर्देशिका तयारी समिति गठन भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार