चन्द्रागिरि साकोसको १८ औं साधारण सभा: १४ प्रतिशत लाभांस र संरक्षित पुँजी फिर्ताकोष पारित
काठमाडौं, २२ मंसिर

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रागिरि– ७ थानकोट महादेवस्थान काठमाडौंको १८ औं वार्षिक साधारण शनिबार सम्पन्न भएको छ ।
साधारणसभामा ७८ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थामा ११ हजार ४ सय ४१ जना सदस्य रहेको छ । साधारण सभाले १४ प्रतिशत लाभांस र संरक्षित पुँजी फिर्ता कोष वितरणका साथै विभिन्न प्रस्तावहरु पारित गरेको छ । २०७६ असार मसान्तसम्ममा १ अर्ब ७२ करोड कुल सम्पत्ति रहेको संस्थाले ४ करोड २५ लाख सञ्चालन मुनाफा हासिल गर्न सफल भएको थियो । २०७६ कार्तिक मसान्त सम्ममा संस्थाको कुल सम्पत्ति १ अर्ब ९३ करोड पुग्न सफल भएको छ ।
आ.व. २०७५/०७६ को कारोबार बाट संस्थाले अग्रिम आयकर, बचतको ब्याजकर कट्टी, सामाजिक सुरक्षा कर लगायत विभिन्न स्रोतमा करकट्टी गरी जम्मा १ करोड ६२ लाख रकम कर दाखिला गरी नेपाल सरकारलाई कर योगदान गरेको संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले जानकारी दिए ।

संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद मिश्रले प्रस्तुत गरेको लेखासुपरिवेक्षण समितिको प्रतिवेदन साधारणसभाबाट पारित भएको छ । यसका साथै सदस्यहरुमा ११ वटा प्रस्तावहरुमा छलफलका पारित गरेको छ ।
आ.व. २०७६/०७७ मा एटिएम मेशिन सञ्चालन गर्नुको साथै बैंकमा रहेका सदस्यहरुको खातामा रकम ट्रान्सफर गर्ने सुविधा थप गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ जानकारी दिए । श्रेष्ठका अनुसार अनलाईन सदस्यता तथा ऋण प्रदान गर्ने, चन्द्रागिरि साकोसमा मात्र सदस्य बन्ने, सदस्यहरुलाई बचत र ऋणको ब्याजदरमा सुविधा र सहुलियत प्रदान गर्ने, वस्त्र संग्रह तथा वितरण केन्द्र सञ्चालन गर्ने लक्ष्य संस्थाले लिएको छ ।

सदस्यहरुको स्वाथ्य बिमा कार्यक्रम सञ्चालन गर्ने, साना उद्योग तथा व्यवसाय स्थापना गरी स्वरोजगारी सृजना गर्न सहुलियत ऋणहरु प्रदान गर्ने संस्थाको लक्ष्य रहेको छ । संस्थाले एकीकरण र सेवा केन्द्र स्थापना गर्ने जस्ता लक्ष्यहरु राखेको छ ।
आ.व. २०७६/०७७ मा संस्थाको कुल कारोबार २ अर्ब २० करोड र सदस्य संख्या १३ हजार पु¥याउने लक्ष्य लिएको प्रमुख श्रेष्ठले जनाकारी दिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार