सहकारीले प्राप्त गरेको उपलब्धी जोगाउन सम्पूर्ण सहकारीकर्मी एकजुट हुनुस् : मन्त्री अर्याल
काठमाडौं, २० मंसिर ।

सहकारी मन्त्री पद्मा अर्यालले हरेक नागरिकलाई सहकारीतर्फ आर्कषित गराउन सबै सहकारीकर्मी एकजुट हुन आग्रह गरेका छन् । राष्ट्रिय अर्थतन्त्रमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै मन्त्री अर्यालले आम नागरिकलाई सहकारीमा आवद्ध गराउन सरकारले सहयोगी भूमिका निर्वाह गर्ने बताईन ।
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको शुक्रबार सम्पन्न आठांै स्थापना दिवस र सातौं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीकर्मीले दुःख गरेक प्राप्त गरेको उपलब्धी जोगाउन सम्पूर्ण सहकारीकर्मी एक हुनुपर्ने बताईन ।
‘सहकारीले प्राप्त गरेको यो उपलब्धीलाई जोगाउन सबै सहकारीकर्मी एकजुट हुनुको विकल्प छैन’, मन्त्री अर्यालले भनिन्, ‘नीति, नियम र सिष्टम अनुसार अघिबढ्नुस् ।’ प्रविधिसँग नजिक भएर काम गर्न सुझाव दिदै भनिन्, ‘अब आँखाले काम गर्ने होइन प्रविधिको प्रयोग गरी सिष्टम अनुसार काम गर्नुस् ।’ मन्त्री अर्यालले अन्तर सहकारी भुक्तानी प्रणालीको शुरुवात गर्न समेत आग्रह गरेका छन् ।
यो पनि बढ्नुस्
बहुउद्देश्यीय सहकारीबाट २५ अर्बभन्दा बढी पूँजी परिचालन भएको छ : अध्यक्ष भण्डारी
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार