बहुउद्देश्यीय सहकारीबाट २५ अर्बभन्दा बढी पूँजी परिचालन भएको छ : अध्यक्ष भण्डारी
काठमाडौं, २० मंसिर ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारीले २५ अर्बभन्दा बढीको पूँजी परिचालन भएको बहुउद्देश्यीय सहकारीको दीर्घकालीन विकास र संस्थागत सुशासन अपरिहार्य रहेको बताएका छन् । बहुउद्देश्यीय सहकारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै केन्द्रिय संघ अघि बढेको बताए ।
देशभर ४ हजार ३ सय ७१ बहुउद्देश्यीय सहकारी संस्था छन् । केन्द्रीय संघ अन्तर्गत १२ संघसहित ३ सय ३४ संघ/संस्था केन्द्रिय संघमा आबद्ध रहेको भण्डारीले बताए । संघको आठौं स्थापना दिवस र सातौं साधारणसभामा अध्यक्ष भण्डारीले संघ अन्तर्गत करिब ४५ हजारलाई रोजगारी दिएको बताए ।
२ करोड चुक्ता पुँजी रहेको संघको करिब ५० करोड रुपैयाँ सम्पत्ती, ४७ करोड निक्षेप, १७ करोड लगानी रहेको भण्डारीले बताए ।
सरकारले जारी गरेको सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार सबै बहुउद्देश्यीक सहकारी संस्था संचालन भैरहेको जानकारी दिए । ऐनमा कृषि तथा बहुउद्देश्यीय सहकारीलाई अनिवार्य रुपमा वचत तथा ऋण कारोबार गर्नुपर्ने व्यवस्था प्रति संघको आपत्ती रहेको बताए ।
संघले २०७५–२०७९ (चारवर्षिय) रणनितिक योजना सार्वजनिक गरेको छ । ६ बुँदे रणनीतिको लक्ष्यमा सदस्यता अभियान, पुँजी, बचत तथा ऋण कारोबार, लगानीमा बृद्घि, सेवा प्रवाह–परामर्श, तालिम, सफ्टवेयर, कागजात सेवा जस्ता विभिन्न सेवाहरुमा अभिबृद्घि, मानव स्रोत व्यवस्थापन तथा क्षमता अभिबृद्घि, पूर्वाधार विकास र संस्थागत सुसासन रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार