राष्ट्रिय सहकारी महासंघमा अबको अध्यक्ष को ?
काठमाडौं, १५ मंसिर ।

सहकारी संघ/संस्थाको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघमा यस वर्ष नेतृत्व परिवर्तन हुँदैछ ।
सहकारी ऐन–२०७४ अनुसार सहकारी संघ/संस्थामा सञ्चालक समितिको कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । सोही अनुसार महासंघमा यस वर्ष चुनावी साधारणसभा हुँदैछ ।
साधारणसभाको मिति तय नभएपनि सहकारीकर्मीबीच चुनावी रौनक सुरु भैसकेको छ । सहकारीका नेताहरु राजनीतिक दल, सहकारीकर्मीहरुमा तिब्र लविङमा लागिसकेका छन् ।
वर्तमान अध्यक्ष केशव बडाललाई समेत चुनावी माहोलले छोएको छ ।
वर्तमान वरिष्ठ उपाध्यक्ष मिनराज कडेंल र लेखा समिति संयोजक दर्मदत्त देवकोटा अध्यक्ष बन्ने दौडमा छन् । दुबै नेकपा सर्मथित हुन् । देवकोटा नेकपाका नेता समेत हुन् । उनी नेकपाका सहकारी तथा गरिबी निवारण विभागका उपप्रमुख छन् । कडेंल सहकारी क्षेत्रमा बढी क्रियाशिल छन् ।
स्रोतका अनुसार पार्टीबाट टिकट पाउने दुबै दाबेदार व्यक्ति हुन् । देवकोटा सहकारी विभागका भएका कारण टिकट पाउने सम्भावना बढी देखिन्छ । तर कडेंल पनि पार्टी भित्रकै व्यक्ति र सहकारी क्षेत्रका अगुवा भएका कारण टिकट पाउने बलियो सम्भावना छ । वर्तमान अध्यक्ष केशव वडाल कडेंलकै पक्षमा छन् ।
वर्तमान महिला उपाध्यक्ष ओमदेवी मल्ल पनि अध्यक्ष बन्ने लाइनमा छन् । तर, उनले टिकट पाउने सम्भावना निकै कम छ । यसअघि नेपाली कांग्रेसबाट सांसद बनेका ओमदेवी एमालेमा प्रवेश गरेका थिए । महासंघकै अध्यक्ष बन्ने आशाका साथ मल्ल पार्टी प्रवेश गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार