सदस्यको सेवामा समर्पित शिखर सहकारी
![सदस्यको सेवामा समर्पित शिखर सहकारी](https://www.sahakarikhabar.com/wp-content/uploads/2018/02/shikhar.jpg)
बिर्तामोड ।
![](http://www.sahakarikhabar.com/wp-content/uploads/2019/11/shikhar-sahakari-birtamod.jpg)
झापाको बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड (शिखर साकोस) ले सेवामा विविधिकरण र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । छिटो, छरितो र आधुनिक बैंकिङ सेवामा अब्बल रहेको शिखरले सदस्यको हितमा बढीभन्दा बढी सेवा दिने प्रतिवद्धता जनाएको हो ।
सोमबार सम्पन्न संस्थाको ९औं साधारणसभामा अध्यक्ष दीपेन्द्र राउतले वित्तीय सुशासन कायम गर्दै सदस्यको सेवामा समर्पित हुने बताए । संस्थाको पूँजी वृद्धि, वित्तीय सुशासन, प्रविधि प्रयोग, कारोबार र लगानीका हिसाबले संस्था बलियो हुँदै गएको र ढुक्क भएर कारोबार गर्न राउतले आग्रह गरे ।
‘नाफामुखी भन्दा पनि सेवामुखी संस्थाको रुपमा विकसित गर्दै आएका छौं’, अध्यक्ष राउतले भने, ‘सदस्यको सुख दुःखमा सेवा दिनु र संस्थाले अवलम्बन गरेको कार्यक्रम सदस्य माझ सेवा दिनु संस्थाको ध्येय हो ।’ कार्य क्षेत्रमा संस्था अब्बल बनाउनु र सदस्यको सेवा उत्कृष्ठ बनाउने प्रण रहेको उनले बताए ।
![](http://www.sahakarikhabar.com/wp-content/uploads/2019/11/11.jpg)
संस्थाले मोबाईल बैकिङ सेवा, एसएमएस सेवा, हप्ताको सातै दिन र दैनिक १२ घण्टा सेवा प्रदान गर्दै आएको छ । त्यस्तै विभिन्न अस्पताहरुसँग सहकार्य गरेर सहुलियतदरमा स्वास्थ्य सेवा, सदस्यको इन्सुरेन्स, राहत कोष, सदस्यमुखि सेवामुलक कार्य गर्दै आएको छ । सहरदेखि गाउँसम्म उच्च आर्थिक हैसियतदेखि सामान्य नागरिक पनि शिखरमा सदस्य बनेका छन् । संस्थाले सदस्य शिक्षा कार्यक्रम, रक्तदान कार्यक्रय, स्वास्थ्य शिविर, राहत रामग्री वितरण, सदस्य उद्यम विकास कार्यक्रम, ट्राफिक सचेतनाको साथै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
संस्थामा हाल ७ हजार ६ सय ६० जना आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी चार करोड ४४ लाख रहेको छ । आर्थिक वर्ष २०७५/०७६ मा संस्थाले सदस्यबाट ४४ करोड ९२ लाख निक्षेप संकलन गरी ४६ करोड ४ लाख लगानी गर्न सफल भएको संस्थाका सचिव हिमालय प्रसाईले बताए । उक्त लगानीबाट संस्थाले एक करोड ८१ हजार रुपैयाँ खुदनाफा गर्न सफल भएको प्रसाईले बताए । संस्थाको कुल सम्पती ५४ करोड ४६ पुगेको र चालु आर्थिक वर्षमा ७५ करोड पु¥याउने लक्ष्य रहेको सचिव प्रसाईले बताए ।
एक सदस्य एक सहकारी र एकिकरणलाई समेत संस्थाले जोड दिएको अध्यक्ष राउतले बताए ।
![Image may contain: 10 people, people sitting](https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.0-0/p480x480/78260619_2688881274509879_5219542844225617920_o.jpg?_nc_cat=111&_nc_ohc=pKGYLOa5gcoAQkRMidwpS2i-6bzsKGJJhX45nGATcKdAJQYhlXfu5d8sg&_nc_ht=scontent.fktm10-1.fna&oh=1dd44bdf6af79dba8d68a11957630d43&oe=5E7A768E)
![Image may contain: 10 people, crowd](https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.0-0/p480x480/76960160_2688881124509894_3444650134594387968_o.jpg?_nc_cat=110&_nc_ohc=J0Bqgmgu1SEAQnFzV5gNSC3KED83yCTJjXNfX1f-R8W7IXgtBZys_lClA&_nc_ht=scontent.fktm10-1.fna&oh=a4c93bcac8604efd039ee988d51962fc&oe=5E883585)
अभिलेख
लोकप्रिय
![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/11/Natural-16th-AGM.jpg)
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/09/NC-sahakari.jpg)
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/08/sahakari-sanjal-1.jpg)
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/05/Ishwor-Neupane.jpg)
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts
![](https://www.sahakarikhabar.com/wp-content/uploads/2025/01/rochdale-cooperative.jpg)
पोखरा रोयल साकोसका प्रतिनिधि बेलायतको रोचडेल सहकारी, अन्तर सम्बन्धका विषयमा छलफल
११ माघ २०८१, शुक्रबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/01/Sahakari-Bivag.jpg)
सम्पति शुद्धीकरण निवारण सम्बन्धी सहकारीलाई जारी संशोधित निर्देशनमा के छ?
१० माघ २०८१, बिहीबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2025/01/ncf-chalfal.jpg)
राष्ट्र बैंकले तयार गरेको निर्देशन तथा मापदण्डको मस्यौदामाथि छलफल
१० माघ २०८१, बिहीबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2021/08/nefscun-new-logo.jpg)