सदस्यको सेवामा समर्पित शिखर सहकारी
बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड (शिखर साकोस) ले सेवामा विविधिकरण र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । छिटो, छरितो र आधुनिक बैंकिङ सेवामा अब्बल रहेको शिखरले सदस्यको हितमा बढीभन्दा बढी सेवा दिने प्रतिवद्धता जनाएको हो ।
सोमबार सम्पन्न संस्थाको ९औं साधारणसभामा अध्यक्ष दीपेन्द्र राउतले वित्तीय सुशासन कायम गर्दै सदस्यको सेवामा समर्पित हुने बताए । संस्थाको पूँजी वृद्धि, वित्तीय सुशासन, प्रविधि प्रयोग, कारोबार र लगानीका हिसाबले संस्था बलियो हुँदै गएको र ढुक्क भएर कारोबार गर्न राउतले आग्रह गरे ।
‘नाफामुखी भन्दा पनि सेवामुखी संस्थाको रुपमा विकसित गर्दै आएका छौं’, अध्यक्ष राउतले भने, ‘सदस्यको सुख दुःखमा सेवा दिनु र संस्थाले अवलम्बन गरेको कार्यक्रम सदस्य माझ सेवा दिनु संस्थाको ध्येय हो ।’ कार्य क्षेत्रमा संस्था अब्बल बनाउनु र सदस्यको सेवा उत्कृष्ठ बनाउने प्रण रहेको उनले बताए ।

संस्थाले मोबाईल बैकिङ सेवा, एसएमएस सेवा, हप्ताको सातै दिन र दैनिक १२ घण्टा सेवा प्रदान गर्दै आएको छ । त्यस्तै विभिन्न अस्पताहरुसँग सहकार्य गरेर सहुलियतदरमा स्वास्थ्य सेवा, सदस्यको इन्सुरेन्स, राहत कोष, सदस्यमुखि सेवामुलक कार्य गर्दै आएको छ । सहरदेखि गाउँसम्म उच्च आर्थिक हैसियतदेखि सामान्य नागरिक पनि शिखरमा सदस्य बनेका छन् । संस्थाले सदस्य शिक्षा कार्यक्रम, रक्तदान कार्यक्रय, स्वास्थ्य शिविर, राहत रामग्री वितरण, सदस्य उद्यम विकास कार्यक्रम, ट्राफिक सचेतनाको साथै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
संस्थामा हाल ७ हजार ६ सय ६० जना आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी चार करोड ४४ लाख रहेको छ । आर्थिक वर्ष २०७५/०७६ मा संस्थाले सदस्यबाट ४४ करोड ९२ लाख निक्षेप संकलन गरी ४६ करोड ४ लाख लगानी गर्न सफल भएको संस्थाका सचिव हिमालय प्रसाईले बताए । उक्त लगानीबाट संस्थाले एक करोड ८१ हजार रुपैयाँ खुदनाफा गर्न सफल भएको प्रसाईले बताए । संस्थाको कुल सम्पती ५४ करोड ४६ पुगेको र चालु आर्थिक वर्षमा ७५ करोड पु¥याउने लक्ष्य रहेको सचिव प्रसाईले बताए ।
एक सदस्य एक सहकारी र एकिकरणलाई समेत संस्थाले जोड दिएको अध्यक्ष राउतले बताए ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
३० बैशाख २०८३, बुधबार
सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी
३० बैशाख २०८३, बुधबार
सहकारी पत्रकारितामा दक्षता बढाउन बागमती प्रदेशका ४० पत्रकार एकै ठाउँमा
२८ बैशाख २०८३, सोमबार