२४ कात्तिक २०८३, मङ्गलबार

श्री लालीगुराँसको सर्वोत्कृष्ट कर्मचारी अनुजा कार्की

२०७६ मंसिर ७, शनिवार
श्री लालीगुराँसको सर्वोत्कृष्ट कर्मचारी अनुजा कार्की

काठमाडौं, ७ मंसिर
ललितपुरको पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७५/०७६ का उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा सर्वोत्कृष्ट कर्मचारी अनुजा कार्की र उत्कृष्ठ कर्मचारी अञ्जु सिलवाल हुन सफल भएका छन् ।

सर्वोत्कृष्ट कर्मचारी अनुजा कार्की
उत्कृष्ठ कर्मचारी अञ्जु सिलवा

संस्थाले २० औं बार्षिक साधारणसभाको अवसरमा शनिबार उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरेको हो । सर्वोत्कृष्ट कर्मचारीलाई सम्मानपत्रसहित ३५ हजार रुपैयाँ र उत्कृष्ठ कर्मचालाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै ५ वर्षे सेवा गरेका कर्मचारीहरु विनिश महर्जन, अनिता तकु, अञ्जु सिलवाल, सारदा राई र पवित्रा खड्का सम्मानित भएका छन् ।

सम्मानित कर्मचारीलाई नेकपाका प्रमुख सचेतक देव गुरुङ र संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सम्मानित गरेको हो ।

अभिलेख

लोकप्रिय