२४ कात्तिक २०८३, मङ्गलबार

सदस्य ठग्ने युनाइटेड सहकारी समस्याग्रत घोषित

२०७६ मंसिर ४, बुधबार
सदस्य ठग्ने युनाइटेड सहकारी समस्याग्रत घोषित

काठमाडौं, ४ मंसिर


युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषित भएको छ ।

काठमाडौं महानगरपालिकाको ३८ औं कार्यपालिका बैठकले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

यस सहकारी महानगरको वडा २९ मा २०६४ सालमा दर्ता भएको थियो । सहकारीका सञ्चालक २०७४ सालबाट सम्पर्क बिहीन थिए ।

महानगरका अनुसार १५१ जना सञ्चालक रहेको सहकारीका सञ्चालक भागेपछि सदस्यले महानगरमा निवेदन दिएका थिए ।

यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्री परिषद्मा जानुपथ्र्यो । तर अहिले यो अधिकार नगर कार्यपालिकामा आएको छ । यही व्यवस्था अनुसार निर्णय भएको हो ।

महानगर कार्यक्षेत्र बनाएर काम गर्ने १ हजार ८ सय ४८ सहकारी छन् ।

अभिलेख

लोकप्रिय