५ वैशाख २०८३, शनिवार

नेफ्स्कूनमा पुनः अध्यक्ष उठ्ने डिबी बस्नेतको घोषणा, परितोष पौडेल देश दौडाहामा

२०७६ मंसिर ३, मङ्गलबार
नेफ्स्कूनमा पुनः अध्यक्ष उठ्ने डिबी बस्नेतको घोषणा, परितोष पौडेल देश दौडाहामा

काठमाडौं, २ मंसिर


नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) चुनावी साधारणसभा पुस ४ र ५ गते हुँदैछ । कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले चुनावी साधारणसभा तय गरेको हो ।


नेफ्स्कूनको २७ औं साधारणसभाले सञ्चालक समितिको कार्यकाल ऐनमा भएको व्यवस्था अनुसार चार वर्ष बनाएको थियो । तर केही सञ्चालकको अडानका कारण यस वर्ष नै निर्वाचन सहितको साधारणसभा तय भएको हो । नेफ्स्कूनका अध्यक्ष डिबी बस्नेत लगायत केही सञ्चालक अर्को वर्ष निर्वाचन गर्ने मनस्थितीमा थिए ।


यसैवर्ष निर्वाचन हुने भएपछि यतीबेला सहकारीकर्मीहरु निर्वाचनमो होमीसकेका छन् । जिल्ला जिल्ला पुगेर सहकारीका नेताहरु भोट समेत माग्न थालिसकेका छन् ।


वर्तमान अध्यक्ष डिबी बस्नेत पुनः अध्यक्षमा उठ्ने घोषणा समेत गरिसकेका छन् । अब एक कार्यकाल अध्यक्ष बन्न सहकारीकर्मीको माग भए बमोजिम उनी पुनः अध्यक्षमा उठ्न लागेका हुन् ।
त्यस्तै वर्तमान वरिष्ठ उपाध्यक्ष परितोष पौडेल पनि अध्यक्षमा उठ्ने तयारी गरिरहेका छन् । सहकारीका कार्यक्रमहरुमा भेट भएका सहकारीकर्मीहरुलाई पनि अध्यक्षको उम्मेदवार आफू भएको बताउँदै आएका छन् । जिल्ला जिल्लाका कार्यक्रमहरुमा समेत उनले सक्रियता बढाएका छन् ।


अध्यक्ष पदमा मात्र नभएर अन्य पदमा आकांक्षि धेरै देखिएका छन् । वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव चन्द्र ढकाल र कोषाध्यक्ष केशब पोखरेल आकांक्षि देखिएका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा पार्वती खाँण र शान्ति अधिकारी छन् ।

महासचिवमा दीपक पनेरु र दामोदर अधिकारी प्रमुख आकांक्षि हुन् ।

अभिलेख

लोकप्रिय