२४ कात्तिक २०८३, मङ्गलबार

ठिमीमा सहकारीमा सम्पत्ति शुद्धिकरण तालिम

२०७६ मंसिर ३, मङ्गलबार
ठिमीमा सहकारीमा सम्पत्ति शुद्धिकरण तालिम

भक्तपुर, २ मंसिर

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय ठिमीको आयोजनामा एक दिने संपत्ति शुद्दिकरण विषयक तालीम सम्पन्न भएको छ । ठिमी क्षेत्रका सहकारी संघ÷संस्थाका २१ जना प्रतिनिधिहरुको तालीममा उपस्थिति रहेको थियो ।

बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारी क्षेत्रमा समेत सम्पत्ति शुद्धिकरण विषय सहकारी विभागले निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याएको छ ।
तालिम आयोजना बारे जानकारी दिदै बैंकका संचालक सरिता भट्टराईले सहकारीमा वर्तमान समयमा सम्पत्ति शुद्धिकरण विषय सम्बन्धी बढी जिज्ञासा रहेकोले सो यस तालीमको आयोजना गरिएको बताइन ।

बैंकको ठीमी शाखा कार्यालयका प्रमुख दिनेश गेलालको सञ्चालनमा सम्पन्न तालीमलाई प्रशिक्षक नारायण प्रसाद ज्ञावलीले सहजीकरण गरेका थिए ।

अभिलेख

लोकप्रिय