नेकपा समर्थित सहकारीकर्मीको भेलाः महासंघ, नेफ्स्कून र जिल्ला संघको आगामी नेतृत्वको विषयमा छलफल
काठमाडौं, २६ कात्तिक

राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र जिल्ला सहकारी संघ काठमाडौंको निर्वाचन सहितको साधारणसभा नजिकिएसँगै सहकारीकर्मीहरु छलफल र भेलामा जुटेका छन् ।
औपचारिक रुपमै कार्यक्रमको आयोजना गरी सहकारीकर्मीहरु छलफलमा जुटेका हुन् । सोही क्रममा बुधबार काठमाडौंको बुद्धनगर स्थित एक पार्टी प्यालेसमा सहकारीकर्मीहरु जम्मा भएर आगामी नेतृत्वका बारेमा छलफल गरेका हुन् ।
नेकपा समर्थित सहकारीकर्मीहरु भेला भई आगामी नेतृत्व कस्तो बनाउने, सहकारी अभियानलाई कसरी व्यवस्थित बनाउने विषयमा छलफल भएको एक सहकारीकर्मीले सहकारीखबरलाई बताए । सहकारी क्षेत्रको विगत, वर्तमान र भविष्यको बारेमा समेत छलफल भएको थियो ।
सहकारी अभियानलाई व्यवथित बनाउने सबै मिलेर अघि बढ्नुपर्ने नेताहरुले बताएका थिए ।
छलफल कार्यक्रममा नेकपाका नेता पशुपति चौलागाई, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेफ्स्कूनका पदाधिकारी, महासंघका सञ्चालक, विषयगत जिल्ला संघका प्रतिनिधि, प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार