सहकारीका कर्मचारीलाई खुसीको खबरः सबै सहकारी सामाजिक सुरक्षा कोष आवद्ध हुने
काठमाडौं, २५ कात्तिक

सरकारको साथ र सहयोग भए सहकारी संस्थाहरु सामाजिक सुरक्षा कोषमा जाने सहकारीकर्मीहरुले प्रतिबद्धता जनाएका छन् । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँगको छलफलमा सहकारीकर्मीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
छलफलमा मन्त्री विष्टले सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि सहकारी क्षेत्रले देखाएको तत्परताका लागि धन्यवाद दिंदै सबै सहकारी र त्यसमा कार्यरत श्रमिकलाई कोषमा सहभागी गराउन निर्देशन दिए ।
उनले सहकारीसहित सबैलाई अतिरिक्त करको भार नपर्ने गरी सरकारले पहल गरिरहेको पनि जानकारी गराए ।
सहकारी संस्थाका प्रतिनिधिले देशभरी २० हजारभन्दा बढी सहकारी सक्रिय रहेको र त्यहाँ करिब ५ लाख कर्मचारी प्रत्यक्ष रोजगारीमा भएको भन्दै चाँडै कोषमा सूचीकृत हुने प्रतिबद्धता जनाए ।
छलफलमा सामाजिक सुरक्षा कोषको बारेमा सहकारी संघ मातहतका प्रशिक्षकलाई प्रशिक्षित गर्ने र उनीहरुलाई सबै जिल्लामा जागरणका लागि पठाउने सहमति भएको छ ।
यसैगरी काठमाडौं उपत्यकाका सहकारीको लागि आउँदो शुक्रबार प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि भएको छ ।
छलफलमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष डीबी बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, कोषका प्रमुख कार्यकारी अधिकृत कपिलमणि ज्ञवाली, सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि गुरागाई लगायतको उपस्थिति थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
