सहकारीले ऋणमा लिने सेवा शुल्कमा समेत सीमा, बढीमा एक प्रतिशतको सीमा तोकिदै
काठमाडौं, २० कात्तिक ।

सहकारी संस्थाहरुले जथाभावी सेवा शुल्क लिन गरेको गुनासो आएपछि सहकारी विभागले सीमा तोक्ने तयारी गरेको छ ।
सहकारी विभाग स्रोतका अनुसार बढीमा एक प्रतिशतको सीमा तोकिदै छ ।
सहकारी ऐन २०७४ मा भएको व्यवस्था बमोजिम सहकारी विभागले सेवा शुल्क तोक्न लागेको हो । सहकारी ऐन २०७४ मा सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्क रजिष्ट्रारले तोक्नसक्ने व्यवस्था छ ।
ऐनको दफा ५० को उपदफा ३ मा ‘सहकारी संस्थाले सदस्यहरूलाई प्रदान गर्ने ऋणमा रजिष्ट्रारले अन्यथा तोकिएको बाहेक सेवा शुल्क र नवीकरण शुल्क सम्बन्धित संस्थाको कार्यविधिले तोकेबमोजिम हुने’ उल्लेख छ । यही कानुनी आधारलाई टेकेर सेवा शुल्कमा सीमा तोक्न खोजिएको सहकारी विभागले जनाएको छ ।
हाल सहकारीले छोटो अवधिको मात्र लगानी गर्ने र नवीकरणमा समेत सेवाशुल्क उठाउने गरेका छन् । सेवा शुल्क बाहेक ऋण व्यवस्थापन, फर्म शुल्क, धितो मूल्यांकनलगायतका शीर्षकमा पनि सहकारीहरूले चर्को शुल्क लिने गरेका छन् ।
हकारी विभागले साउन १९ गतेबाट ऋण लगानी गर्दा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था भएपछि सहकारीले चर्को सेवा शुल्क सदस्यबाट लिदै आएको छ ।
२०६८ मा जारी भएको ‘सहकारी दर्ता तथा नियमन मापदण्ड—२०६८’ ले ऋणको एक प्रतिशतभन्दा बढी सेवाशुल्क लिन नपाउने व्यवस्था छ । तर, अधिकांश सहकारीहरूले उक्त व्यवस्थालाई कार्यान्वयन रहेका छैनन् । हाल सहकारीहरूले ऋणको ५ प्रतिशतसम्म सेवाशुल्क लिने गरेका छन् । काठमाडौंका सहकारीले थोरैमा तीन प्रतिशत सेवा शुल्क लिदै आएको छ ।
सहकारी विभाग स्रोतका अनुसार बढीमा एक प्रतिशतसम्म सेवा शुल्क लिन पाउने गरी सीमा तोकिदै छ । मापदण्डमा व्यवस्था भए बमोजिम नै सेवा शुल्कको सीमा निर्धारण हुने स्रोतले जानकारी दियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार