सहकारीको ४३ करोड हिनामिना गर्ने चारजना थुनामा
शंकरप्रसाद खनाल

नेपालगन्ज : जिल्ला अदालत बाँकेले नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको ४३ करोड रूपैयाँ अपचलनको अभियोगमा चारजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
न्यायाधीश धनिश्वर पौडेलको इजलासले आइतबार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गंगाधर सुबेदी, बैंकिङ्ग प्रबन्धक अरुणकुमार पाठक र सह-उपसहायक बलराम यादवलाई बाँके कारागारमा थुनामा राख्न आदेश दिइएको हो।
अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणी बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख रूपैयाँ धरौटी मागिएको छ । बज्राचार्य आइतबार दिउँसो २० लाख नगद धरौटी बुझाएर रिहा भएका छन् भने चौधरीले धरौटीमा जेथा (जग्गा) राखिपाउँ भनेर निवेदन दिएका छन् ।
जग्गाको मूल्याङ्कनलगायतका प्रक्रियामा कम्तीमा एक साता लाग्ने भएकाले चौधरी थुनामै बस्नु पर्नेछ । चौधरीसहित पाँच जनालाई आइतबार नै बाँके कारागारको थुनामा राखिएको छ।
बाँके प्रहरीले गठन गरेको विज्ञ समूहको सहयोगमा भएको छानबिनमा सहकारीको कूल पूँजी ५२ करोडबाट ४३ करोड रूपैयाँ अपचलन भएको दाबी गरिएको छ।
जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना (अपचलन), ठगी र संगठित अपराध अन्र्तगत अभियोग पत्र दायर गरेको छ । चारजना कर्मचारी र दुईजना लेखा समिति सदस्य गरी ६ जना मात्र पक्राउ परेका थिए । ३५ जना अभियुक्त फरार छन्।
प्रहरी छानबिनले सहकारीको प्रधान कार्यालय नेपालगन्जबाट बचततर्फको १६ करोड ११ लाख ९७ हजार, ऋणतर्फको २२ करोड ९४ लाख १७ हजार, नगद दुई लाख ३० हजार, बैंक मौज्जादको एक करोड ५१ लाख २८ हजार गरी ४० करोड ५९ लाख ४७ हजार अपचलन भएको देखाएको छ ।
त्यसैगरी बैजापुर शाखाबाट नौ लाख ८३ हजार, खजुरा शाखाबाट ६६ लाख ८६ हजार र संस्थाको शेयर पूँजीबाट एक करोड ८५ लाख ६० हजार गरी ४३ करोड दुई लाख ५३ हजार रुपैयाँ अपचलन भएको देखाएको छ ।
सहकारीका ११ हजार नौ सय ८ निक्षेपकर्ता र एक हजार आठ सय ६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तलाई कारबाहीको माग गर्दै जाहेरी दिएका छन् ।
annapurnapost.com
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार