बागेश्वरीको चौथो साधारण सभा सम्पन्न
काठमाडौं, १८ चैत

श्री वागेश्वोरी सानाकिसान कृषि सहकारी सन्था लि. को चौथो वार्षिक साधारण सभा सप्पन्न भएको छ ।
कार्यक्रममा खाडादेबी गाउपालिका अध्यक्ष प्रेम ब. तामाङको प्रमुख आतिथ्य, उपाध्यक्ष मखमली श्रेष्ठ, १ न वडाअध्यक्ष बिष्णु कु. श्रेष्ठ, ४ न. वडाअध्यक्ष धन ब. मानन्धर, नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) रामेछापको जिल्ला सदस्य मान ब. तामाङलगायत अन्य अतिथिहरुको उपस्थितिमा उद्घाटन भएको थियो ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष तामाङले सहकारी क्षेत्रसँग सहकार्य गरेर गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताए छ । उनले निजी क्षेत्र, सहकारी र स्थानीय सरकारबीच समन्वय गरेर समृद्धिको सपना साकार हुने बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठले सहकारीको माध्यमबाट कृषि क्षेत्रको विकासमा योगदान दिने बताए । खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु कु. श्रेष्ठले सहकारीले गाउँको विकासमा योगदान दिने धारणा व्यक्त गरे ।
संस्थाको अध्यक्ष रुद्र बहादुर श्रेष्ठले सहकारीको भावी कार्ययोजना प्रस्तुत गर्दै शेयर सदस्यले कृषीमा सहुलियत ब्याजदरमा ऋण लिन सकिने र संस्थाले सामाजिक कार्यमा जोड दिइने बताए । सस्थाको लेखा–संयोजक विनोदकुमार श्रेष्ठले आ. व. २०७५/०७६ को लेखा प्रतिवेदन प्रस्तुत गर्दै शेयर लाभाशं १२.५ प्रतिशत वितरण गर्ने घोषणा गरिएको थियो । कृषी क्षेत्रमा लगानी बढाई कृषकहरुलाई आत्मनिर्भर गराउन विभिन्न तालिम÷ कार्यक्रमहरु अगाडी बढाउने जानकारी दिए ।
आ. व. ०७५/०७६ बाट १/१ जना उत्कृट बचतकर्ता र ऋणकर्तालाई सम्मान पनि गरिएको थियो ।
संस्थाका सचिव सुदिप श्रेष्ठले संचालन गरेको उक्त साधारण सभामा संस्थाका ऋण समिति सदस्य मिन कुमार श्रेष्ठले स्वागत गरेका थिए । साधारण सभाले ०७५/०७६ को बार्षिक प्रतिवेदन पारित गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार