२२ कात्तिक २०८३, आईतवार

कृषि संघ काभ्रेको अध्यक्षमा सुमन नेपाल निर्वाचित

२०७६ कात्तिक १७, आईतवार
कृषि संघ काभ्रेको अध्यक्षमा सुमन नेपाल निर्वाचित

काभ्रे, १७ कात्तिक ।

जिल्ला कृषि सहकारी संघ काभ्रेको चौथो साधारणसभाबाट अध्यक्षमा सुमन नेपाल निर्वाचित भएका छन् । चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका नेपाल पत्रकारिता क्षेत्रमा समेत क्रियाशील छन् ।

संघको उपाध्यक्षमा सनतनु केसी, सचिवमा राम राजथिङ, कोषाध्यक्षमा जमुना लामा र सदस्यमा सीता दंगाल निर्वाचित भएका छन् । संस्थाको लेखासमिती संयोजकमा कृष्ण हरि कोइराला, सदस्यमा बिमलाकुमारी थापा र कल्याण कुमार राय निर्वाचित भएका छन् ।

अभिलेख

लोकप्रिय