कास्कुनले जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं, १४ असोज

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) ले जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले विकास गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कास्कुनका सदस्य संस्थालाई सञ्चालन गर्न खोजिएको कास्कुनका अध्यक्ष दीपक पनेरुले बताए ।
कास्कुनको १६ औं साधारणसभामा अध्यक्ष पनेरुले बचत तथा ऋण सहकारीमा विद्यमान जोखिमहरुको व्यवस्थापन गर्दै सुरक्षिम संस्था निमार्णमा योगदान गर्न सकिने विश्वास कास्कुनले लिएको बताए ।
के हो जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम ?
जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम नेफस्कूनमा आबद्ध संस्थाहरुको स्वस्फुर्त सहभागितामा संचालित कार्यक्रम हो । नेफस्कूनले यस कार्यक्रमको उद्देस्यहरु यस प्रकार रहेका छन् ।
– साकोस व्यवसायमा बिद्यमान जोखिमहरु पहिचान गर्ने ।
– जोखिम समाधानका बिधिहरु बारे साकोसलाई जानाकारी गराउने ।
– जोखिम बिष्लेषण गरि समाधान गर्न सक्षम बनाउने ।
– जोखिम व्यवस्थापन गरि सदस्यहरुको बचत तथा शेयर सुरक्षित गर्ने ।
– स्थिरीकरण कोष मार्फत वित्तीय संकटबाट जोगाउने ।
– साकोस अभियानको छवि उच्च बनाउने ।
जोखमका क्षेत्र तथा सूचकहरु
जोखिमका क्षेत्रहरु सूचकहरुको संख्या भार
वित्तिय जोखिम २५ ५०
ऋण जोखिम १० १०
व्यवसायिक जोखिम १० १०
आन्तरिक नियन्त्रण तथा सूचना प्रणाली जोखिम १० १०
कानुनी तथा नियमन जोखिम १० १०
संचालन, वातावरण तथा ख्यातीको जोखिम १० १०
जम्मा ७५ १००
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार