शुक्रपथ सहकारीको ९ औं साधारणसभा सम्पन्न, २ अर्बको कारोबार
काठमाडौं, १३ असोज

काठमाडौंको नयाँसडकमा रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रदेश ३ का प्रमुख अनुराधा कोईरालाको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष निरहरी प्रसाद उपाध्यायको अध्यक्षतामा आइतबार सम्पन्न भएको हो । साधारण सभाले संस्थाका अध्यक्षले प्रस्तुत गरेको ०७५/०७६को बार्षिक प्रतिवेदन पारित गरेको छ ।
यस्तै सभाले कोषाध्यक्ष जिवन राज ओझाले प्रस्तुत गरेको ०७५/०७६को बार्षिक प्रतिवेदन, लेखा समितिद्धारा प्रस्तुत गरिने प्रतिवेदन आ.ब. ०७६/०७७का लागि कार्यकारी प्रमुख नरेन्द्र बिष्टद्धारा प्रस्तुत बार्षिक बजेट, नीति तथा कार्यक्रम समेत पारीत गरेको छ । झण्डै दुई अर्ब ८ करोड रुपयाँ कारोवार गर्दै आएको उक्त सहकारी संस्थाको शेयर पूँजी २२ करोड ५९ लाख ६९ हजार ३ सय रहेको छ । काठमाडौं महानगर स्थित प्युखा, न्युरोडमा प्रधान कार्यालय रहेको उक्त संस्थाको कालिमाटी, गोगंवु चावहिल र तिनकुनेमा सदस्य सेवा केन्द्रहरु संञ्चालित् छन ।
साधारण सभामा उत्कृष्ट ऋणी, उत्कृष्ठ बचत कर्ता सदस्य तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ । संस्थाका सदस्य मधुकर वाग्लेले संचालन गरेको उक्त साधारण सभा कार्यक्रममा संस्थाका सदस्य तथा ऋण उप–समितिका संयोजक अर्जुन विश्वकर्माले स्वागत गरेका थिए ।
साधारण सभाको अबसरमा संस्थाले दुबै मृगौला फेल भएकी कोपीला धामीलाई ५१ हजार १ सय एघार रुपयाँ समेत अर्थिक सहयोग गरेको छ । उक्त रकम संस्थाका संचालक अर्जुन बिश्वकर्माको नेतृत्वमा सहकारी संस्थाका कर्मचारीहरुले संकलन गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
